काठमाडौं– नेकपा उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतम ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका छन्। प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरे पनि उनी बैठकमा नजाने भएका हुन्।
आज ओली समूहको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने भएको छ।
नेकपा विभाजित भए पनि गौतम कुनै पक्षमा नलागी पार्टी एकता अभियानमा छन्। अध्यक्ष ओली स्वयं शुक्रबार उनको निवास गई गौतमलाई संसदीय दलको बैठकमा उपस्थित हुन आग्रह गरेका थिए।
प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई दलको नेताबाट हटाएको थियो।
यसैबीच, नेकपा नेता तथा प्रतिनिधि सभा सदस्य लालबाबु पण्डित पनि ओली समुहकाे बैठकमा नजाने भएका छन्। प्रचण्ड–नेपाल पक्षले शुक्रबार गरेकाे संसदीय दलको बैठकमा उपस्थित नभएका पण्डितले हाललाई कुनै समूहकाे पनि बैठकमा नजाने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।