काठमाडौं – नेकपा एमालेको एघारौं महाधिवेशनका लागि केपी शर्मा ओली समूहले पनि पदाधिकारीको नाम करिब टुंगो लगाएको छ।
अध्यक्ष पदमा ओली आफैं उम्मेदवार छन्। शंकर पोखरेल महासचिव पदमै दोहोरिने निश्चित भएको छ।
उओलीको टीमबाट पदाधिकारीमा उठ्ने नेताहरूको मोटामोटी खाका तयार भएको एक नेताले बताए। जसअनुसार ओली समूहबाट महासचिवमा शंकर पोखरेललाई नै अघि सार्ने तयारी गरेको छ। पोखरेललाई पुनः महासचिवको उम्मेदवार बनाउने गरी ओली निवास गुण्डुमा मोटामोटी समझदारी बनेको एक नेताले बताए।
यसैगरी उपाध्यक्ष पदमा रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली उम्मेदवार बन्ने तय भएको छ।
त्यस्तै, उपमहासचिव पदमा विष्णु रिमाल, रघुवीर महासेठ र भानुभक्त ढकाल उम्मेदवार बन्नेगरी आन्तरिक सहमति बनेको छ।
नेता ज्ञवालीले केही पदमा सहमति भए सबै पदमा औपचारिक रुपमा टुंगिन बाँकी रहेको बताए। उनले समेत आफूले महासचिव पाउनुपर्ने दाबी गर्दै आएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।