काठमाडौं– नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको छ ।
केन्द्रिय निर्वाचन आयोगले आज बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा भिड्ने भएका छन् ।
आज साँझ ७ बजे मतदाता नामावली प्रकाशन गर्ने, २९ गते विहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीमाथि विरोध सुधारको समय तय भएको छ ।
त्यसैगरी विहान साढे ९ बजे मतदाता नामावली उपर परेको दाबी विरोध र सुधारको सूचना प्रकाशन गर्ने, १० बजे दाबी विरोध उपर छानबिन र निर्णय र सवा १० बजे अन्तिम मतदाता नामावली प्रकाशनको तालिका छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।