काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक बोलाएका छन्। बैठक शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ।
बैठक नेकपाको कुनै समूहको मात्र भई सबै सांसदलाई निम्तो दिइएको ओली पक्षीय नेकपाका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी दिए।
बैठकमा आइतबार बस्ने प्रतिनिधिसभाको अधिवेशनलाई कसरी प्रभावकारी बनाउने, त्यहाँ आउन सक्ने सम्भावित एजेण्डामा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने प्रमुख सचेतक भट्टराइले बताए।
प्रचण्ड–माधव समूह प्रधानमन्त्री ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने गृहकार्यमा जुटिसकेको छ। सम्भावित अविश्वासको प्रस्तावलाई कसरी सामना गर्ने भन्ने विषयमा बैठक केन्द्रित हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।