काठमाडौं–मेलम्चीको पानी शनिबार (आज) सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झर्ने भएको छ । खानेपानी आयोजनाले केही दिनअघि परीक्षण्का लागि सुरुङमा हालेको पानी आज दिउँसोसम्म सुन्दरीजल आइपुग्ने बताइएको छ।
मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा आइपुगेसँगै पानी प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ।
फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्याबारे सजगता अपनाइएको थियो ।
यसैबीच, वाग्मतीमा पानीको सतह बढ्न सक्ने भन्दै सजग रहन आयोजनाले सर्वसाधारणलाई आग्रहसमेत गरेको छ। आयोजनाले सुन्दरीजलदेखि बल्खुसम्मको क्षेत्रमै माइकिङ गरी सजग रहन तथा नदी आसपास नजान आग्रह गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।