काठमाडाैं– मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे उडान तथा अवतरण अवरुद्ध भएको छ।
काठमाडौं उपत्यकामा शुक्रबार साँझबाट सुरु भएकाे अबिरल बर्षाका कारण उडान तथा अवतरण प्रभावित भएको हो।
बिमानस्थल स्राेतका अनुसार अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान तथा अवतरण प्रभावित भइरहेकाे छ। अहिले आकाशमै एक दर्जन जति जहाज फन्काे मारिरहेका छन्।
अन्तर्राष्ट्रिय उडानका लागि भिजिबिलिटी ८०० भए पनि पुग्छ तर अवतरणका लागि अवस्था र जहाजको प्रकृति हेरिकन सानो जहाजलाई १६ सय देखि ३२ सय मिटर भिजिबिलिटीमा सबै किसिमका जहाज अवतरण गर्न सकिन्छ।
आन्तरिक उडानतर्फ साना जहाजका लागि १६ सय भिजिबिलिटी चाहिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।