हेटौँडा– हेटौँडा औद्योगिक क्षेत्रमा रहेको नेपाल ब्रुअरी कम्पनी प्रालि (वियर उद्योग) हाताभित्र आगलागी भएको छ।
शुक्रबार उद्योग परिसरको पछाडिको खाली जग्गा भागमा रहेका विभिन्न पुराना मालसमान आगाे लागेकाे हाे।
आगलागीबाट क्षति भएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख एवं औद्योगिक क्षेत्र व्यवस्थापक राजेन्द्र कँडेलले जानकारी दिए।
आगलागीका नियन्त्रणका लागि दुई वटा दमकल प्रयोग गरिएको थियो। क्षतिको विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।