काठमाडाैं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार घुस लिएको आरोपमा वाग्मती प्रदेशको राजधानी हेटौंडाबाट एक कर्मचारीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वाग्मती प्रदेश सरकार, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्यटन विकास आयोजनामा कार्यरत सवइन्जिनियर नेत्रप्रसाद लामिछाने रहेका छन्।
शुक्रबार टोलीले हेटौँडास्थित पर्यटन विकास आयोजनामा परिसरबाटै ५० हजारसहित लामिछानेलाई पक्राउ गरिएको आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद रिसालले बताए।
लामिछानेले धादिङ जिल्लाको खनियाँवासमा आव २०७५/०७६मा निर्माण गरिएको पर्यटन पदमार्गको धरौटी रकम फिर्ता गर्ने कामको शिलशीलामा सेवाग्राहीसँग रकम लिएको आरोप छ।
धरौटी रकम भुक्तानी दिने प्रयोजनका लागि अतिरिक्त रकम मागेको सूचनाको आधारमा पुगेको अख्तियार टोलीले हेटौंडा–४ स्थित कार्यालय परिसरबाट पक्राउ गरेको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।