फाइल तस्बिर
चितवन– पूर्वी चितवनमा गैंडाको आक्रमणबाट एक घाइते भएका छन्।
घाइते हुनेमा रत्ननगर नगरपालिका–७ पिपरीयाका ६७ वर्षीय फिरुला महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनलाई आज दिउँसो १२ बजे भैँसी चराउने क्रममा घर नजिकै बगरमा गैंडाले आक्रमण गरेको हो ।
गैंडाको आक्रमणबाट घाइते महतोको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।