• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सफलताको उचाइमा सन्दीप : आइपिएल, सिपिएल हुँदै विश्व-११ टिममा

64x64
नेपाल लाइभ बुधबार, जेठ २, २०७५  १३:०६
1140x725

काठमाडौं– युवा स्पिनर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेल्न थालेको २ वर्षमा चर्चाको शिखरमा छन्। १५ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यू गरेका सन्दीप छोटो समयमै टिमका भरपर्दा बलरको रुपमा स्थापित भइसकेका छन्। आइपिएल र क्यारेबियन लिगको टिममा आबद्ध भएका सन्दीप पछिल्लो पटक विश्व-११ टिममा ऐतिहासिक सफलता हात पार्न सफल रहे। त्यसैले उनको चर्चा र लोकप्रियता नेपाली क्रिकेटमा मात्र होइन विश्व क्रिकेटमा पनि बढ्न थालेको छ। 

सन्दीपले २०७२ माघमा बंगलादेशमा भएको यू–१९ विश्वकपमा डेब्यू गर्दा सनसनी मच्चाएका थिए। त्यतिबेला उनकै उत्कृष्ट प्रदर्शनले नेपाल सुपर–८ मा समावेश हुन सफल भएको थियो। हाल टेस्ट राष्ट्रको मान्यता पाएको आयरल्यान्डविरुद्ध ह्याट्रिकसहित ५ विकेट लिएपछि सन्दीप स्टार बन्न पुगेका थिए। दायाँ हातले बल घुमाउन पोख्त सन्दीपलाई आयरल्यान्ड विरुद्धको खेलपछि अन्तर्राष्ट्रिय मिडियाले समेत ‘नेपाली– शेन वार्न’ को संज्ञा दिएका थिए।

१७ वर्षीय सन्दीपलाई युवा टिममा जोड्ने काम भने नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले गरेका थिए। २०७२ भदौमा चितवनको नारायणगढस्थित क्याम्पाचौर मैदानमा नेट अभ्यास गरिरहेका सन्दीपलाई देखेपछि पुबुदु प्रभावित भएका थिए। पहिलो नजरमै सन्दीपको प्रतिभा थाहा पाएका पुबुदुले सन्दीपलाई यू–१९ टिमको क्याम्पमा बोलाएका थिए। क्याम्पाचौरमा लुकेको प्रतिभा त्रिवि मैदानमा प्रस्फुटन भएपछि सन्दीप युवा राष्ट्रिय टिममा पर्न समय लागेन। युवा टिममा आबद्ध भएको ६ महिनाभित्रै उनले विश्व क्रिकेटमा सनसनी मच्चाएका थिए। 

युवा विश्वकपकै दौरान अस्ट्रेलियाका धुरन्धर लेगस्पिनर वार्नसँग तुलना गरिएका सन्दीप अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कसँगको विशेष सम्बन्ध बनाएर चर्चामा रहे। 

नेपालका सबै क्रिकेटरलाई विश्वविजेता कप्तानसँग संगत गर्ने मौका मिल्दैन। तर, क्लार्कसँग गहिरो सम्बन्ध बनाइसकेका सन्दीपले नेपाल लाइभलाई भनेका थिए, ‘यो अर्थमा म आफूलाई भाग्यमानी ठान्छु।’ 

क्लार्कसँग भेट्नुअघि सन्दीप उनको ठूलो प्रशंसक थिए। क्लार्कका खेल नछुटाई हेर्थे। 

Ncell 2
Ncell 2
nimb
nimb

बंगलादेशमा भएको युवा विश्वकपपछि सन्दीपका लागि सिनियर टोलीमा मात्र होइन, विदेशी क्लबबाट पनि क्रिकेट खेल्ने प्रस्ताव आउन थाले। जसमध्ये हङकङबाट आएको एउटा प्रस्तावमा सन्दीप बढी नै हौसिए। किनभने त्यो प्रतियोगितामा क्लार्क पनि खेल्दै थिए। सन्दीपको खुसीको सीमा त्यतिबेला झन् बढ्यो, जब उनलाई फेरि खबर आयो- उनी खेल्ने क्लबको कप्तानी क्लार्क स्वयंले गर्दै छन्।

हङकङ टी–२० ब्लिट्ज–२०१६ मा कोलुन कान्टोन्सबाट खेल्न हङकङ पुगेको दिन सन्दीप र क्लार्कको पहिलो भेट भएको थियो। पहिलो भेटमा दुवै आपसमा त्यति खुल्न सकेनन्, सामान्य परिचय मात्र भयो। तर, टिम बैठकमा क्लार्कले सन्दीपबारे थप जानकारी पाए। यसपछि क्लार्कले विस्तारै सन्दीपको विषयमा चासो राख्न थाले। 

क्लार्क सन्दीपलाई क्रिकेटको टिप्स दिइरहन्थे। 

सन्दीपको बलिङबाट प्रभावित क्लार्कले त्यतिबेलै उनलाई अस्ट्रेलियाको घरेलु क्रिकेट खेल्न गएका बोलाए। नेपाल फर्किएपछि सन्दीप निरन्तर क्लार्कको सम्पर्कमा रहिरहे। यही क्रममा क्लार्कले आफ्नो एकेडेमीमा क्रिकेट सिक्न र ए श्रेणीको क्रिकेट खेल्न उनलाई निम्तो पठाए। सन्दीप खेल्नका लागि अस्ट्रेलिया आउन लागेको कुरा सबैभन्दा पहिले क्लार्कले ट्विटरमार्फत सार्वजनिक गरेका थिए। यसपछि सन्दीप र क्लार्कको सम्बन्धले अन्तर्राष्ट्रिय चर्चा पाएको थियो। अस्ट्रेलिया र नेपालको मिडियाले मात्र होइन, भारतीय मिडियाले पनि सन्दीपको विषयमा समाचार प्रकाशित गरेका थिए। 

Xtrem

Xtrem

सन्दीपले गत माघमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा आबद्ध भएर नेपाली क्रिकेटमा इतिहास बनाए। सन्दीप आइपिएलमा छनोट हुने पहिलो नेपाली क्रिकेटर हुन्।

फागुनमा क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा पनि छनोट हुन सफल भए। सन्दीपलाई सिपिएल टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्सले ५ हजार अमेरिकी डलर (५ लाख १७ हजार रुपैयाँ) मा आबद्ध गरेको थियो।

आइपिएल टिम दिल्ली डेयरडेभिल्सले सन्दीपलाई सुरुवाती ११ खेलमा भने मौका दिएन। १२ ‌औं खेलमा रोयल च्याजेन्जर्स बैंग्लोर विरुद्धको खेलमा मौका पाएका सन्दीपले उत्कृष्ट प्रदर्शन गरेपछि सबैको ध्यान खिच्न सफल भए। उनले बैंग्लोरका पार्थिव पटेललाई आउट गर्दै डेब्यू खेलमा विकेट लिए। विश्वकै धुरन्धर ब्याट्सम्यान विराट कोहली र एबी डी भिलियर्सविरुद्ध उत्कृष्ट बलिङ गरेका कारण सन्दीपको चर्चा परिचर्चा भइरहेको छ। 

आइपिएलमा विकेट लिएको चार दिनपछि सन्दीपले अर्को सफलता हात पारे। सन्दीपलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वका स्टार खेलाडी समावेश विश्व ११ टिममा राखेको हो। आइसिसीले सन्दीपको प्रतिभा पहिचान गर्दै विश्व ११ टिममा राखेको जनाएको छ।

आगामी ३१ मेमा इंग्ल्यान्डको लन्ड्समा विश्व ११ र वेस्ट इन्डिजबीच मैत्रीपूर्ण टी–२० खेल हुँदैछ। १७ वर्षीय सन्दीप विश्व ११ का कान्छा खेलाडी हुनेछन्। विश्व ११ टिममा  इयान मोर्गन (कप्तान), साहिद अफ्रिदी, तमिम एकबाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लिघन, सोएब मलिक, हार्दिक पाण्ड्या, थिसारा परेरा, लुक रोची र सन्दीप लामिछाने हुनेछन्। वेस्ट इन्डिज टिममा स्यामुयल बद्री, कार्लोस बार्थवेट, क्रिस गेल, इभिन लेविस, मार्लोन स्यामुयल्स र आन्द्रे रसेल जस्ता स्टार खेलाडी हुनेछन्। वेस्ट इन्डिजमा गत वर्ष आएको आँधीका कारण भत्किएको रंगशाला निर्माणमा सहयोग जुटाउन खेल आयोजना गर्न लागिएको हो।

प्रकाशित मिति: बुधबार, जेठ २, २०७५  १३:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुनेछ: परराष्ट्रमन्त्री खनाल
जापानमा जनसंख्या घट्दो, वृद्ध नागरिक बढ्दो
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनको यसअघिको आदेश बदर गर्दै म... मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन सरकारका प्रवक्ता सस्मित पोखरेलले चोलेन्द्रलाई प्रहरीले रेस्क्यु गरेको तर्क गरे । मंगलबार, असोज १३, २०८३
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ आइतबार (हिजो) बेलुका धनुषाको विदेह नगरपालिका–८ बफैबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुनेछ: परराष्ट्रमन्त्री खनाल बुधबार, असोज १४, २०८३
जापानमा जनसंख्या घट्दो, वृद्ध नागरिक बढ्दो बुधबार, असोज १४, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बुधबार, असोज १४, २०८३
चितवन-३ बाट २१ वर्षीय उमंग कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित बुधबार, असोज १४, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्