कैलाली– कञ्चनपुरमा प्रहरीसँगकाे मुठभेडमा मारिएका भारतीय तस्करको पहिचान खुलेकाे छ।
मृतक भारत उत्तर प्रदेशस्थित पिलिभित गाउँका २५ वर्षीय गोविन्द सिंह रहेको प्रहरीले जनाएकाे हाे।
आज साँझ बेलौरी नगरपालिका वडा नम्बर ७ मा नेपाल भारत सीमा नजिकै भारतीय तस्कर र प्रहरीबीच दोहोरो भिडन्त भएकाे थियाे।
लागुऔषध बोकेर नेपाल आईरहेका भारतीय तस्कर र प्रहरीबीच गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।
मृतक भारतीयको शव बेलौरी प्राथमिक अस्पतालमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।