काठमाडौं– नागढुंगा चेक प्वाइन्टबाट प्रहरीले ५ हजार एम्पुल लागुऔषधसहित दुई जनालाई पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा पर्सा छिपरमाई गाउँपालिका–५ घर भएका ३५ वर्षीय उपेन्द्रकुमार र बारा सुवर्ण गाउँपालिका–७ घर भएका सोनुकुमार यादव छन्।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले उनीहरुको साथबाट ५ हजार एम्पुल लागुऔषध बरामद गरेको छ।
बिहिबार पर्साबाट काठमाडौं आउँदै गरेको ना ६ख ६३७७ नम्बरको बसमा सवार उपेन्द्र साथबाट ७ सय एम्पुल नुर्फिन, ९ सय एम्पुल डाइजेपाम र ७ सय एम्पुल फेनारगन बरामद गरिएको छ।
बुधवार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना १ ज ७४५० नम्बरको सुमोमा सवार सोनुको साथबाट २७ सय एम्पुल लागुऔषध बरामद गरिएकाे प्रहरीले जनाएकाे छ।
१९ वर्षीय सोनुको साथबाट ९ सय एम्पुल फेनारगन, ९ सय एम्पुल डाइजेपाम र सोही परिमाणमा नुर्फन बरामद गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।