काठमाडाैं– काठमाडौंको नागढुंगाबाट २२ तोला सुनको सिक्रीसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतीय नागरिक तापस सस्माल रहेका छन्। ठेगाना भने नखुलेको प्रहरीले जनाएको छ।
ना १ ज ७९२१ नम्बरको टाटा सुमो गाडी चेकजाँच गर्ने क्रममा २२ तोला ३२ लाल तौलका २४ थान सिक्री फेला परेकाे प्रहरीले जनाएको छ।
तापसीसँग सुनको सिक्रीको बिल भर्पाई नभएको प्रहरीकाे भनाइ छ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।