• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

निर्मला पन्त हत्या घटना : हेडक्वार्टरले लियो अनुसन्धान अधिकृतको राय, सिनमा पुनः दिलिपसिंह

64x64
नारायण अधिकारी बिहीबार, फागुन २०, २०७७  १७:३९
1140x725

काठमाडौं- कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३१ महिनापछि प्रहरी प्रधान कार्यालय (प्रहरी हेडक्वार्टर)ले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूको राय बुझ्ने काम गरेको छ।

बालिका पन्तको बलात्कारपछि हत्या प्रकरणदेखि अहिलेसम्म अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको अनुसन्धान प्रगति र उनीहरूको राय बुझ्ने काम भइरहेको हेडक्वार्टर स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

साढे दुई वर्ष बितिसक्दा समेत हत्यारा पत्ता नलागेपछि अनुसन्धानमा खटिएका अधिकारीहरूको राय बुझेर विश्लेषण गरेपछि निष्कर्ष निकाल्न सकिन्छ भन्ने उद्देश्यसहित अनुसन्धान अधिकृतको राय बुझ्न थालिएको हो। साढे दुई वर्षसम्म पनि अपराधी पहिचान नहुनु र अनुसन्धानमा खटिएका प्रहरी अधिकारीकै कुरा बाझिने गरेको भन्ने जानकारी आएपछि हेडक्वार्टरले सबै अनुसन्धान अधिकृतलाई एकै ठाउँमा राखेर राय बुझ्ने काम गरेको हो।

अपराध अनुसन्धान विभागका एआइजी विश्वराज पोखरेल, मानव स्रोत तथा संशाधन विभागका एआइजी निरज शाहीको टोलीले राय बुझ्ने काम गरिरहेको छ। अनुसन्धान अधिकृतलाई प्रहरी हेडक्वार्टरमा बोलाएर अहिलेसम्म भएका उपलब्धी र अब गर्नुपर्ने अनुसन्धानको पाटाहरूमा छलफल भएको हेडक्वार्टर स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

यो पनि पढ्नुहोस्

निर्मला हत्या अनुसन्धान : हल्ला के, यथार्थ के?बुधबार, चैत २०, २०७५

अहिलेसम्म सिआइबीका तत्कालीन डिएसपी अंगुर जिसी, डिएसपी रुगम कुवँर, कन्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट, एसएसपी कुवेर कडायत, एसएसपी सुदिप गिरीको राय हेडक्वार्टरले लिइसकेको छ।

राय लिइएका अधिकांश अनुसन्धान अधिकृतले यसअघि पक्राउ परेर छुटेका सोही ठाउँका दिलिपसिंह विष्टलाई नै पुन अनुसन्धानमा ल्याउनुपर्ने राय दिएका छन्। हेडक्वार्टर स्रोत भन्छ, ‘अहिलेसम्म राय लिइएका अधिकांश अनुसन्धान अधिकृतको राय दिलिपसिंह विष्टलाई नै पुन अनुसन्धानमा तानिनुपर्ने भन्ने छ। थप अनुसन्धान अधिकृतको राय लिएपछि हेडक्वार्टरले एउटा निष्कर्ष निकालेर हत्याकाण्डको अनुसन्धान गर्ने तयारी गरेको छ।’

निर्मला हत्याकाण्डको अनुसन्धानमा खटिएका महानगरीय प्रहरी अपराध महाशाखाका तत्कालीन डिएसपी (हाल सिआइबीमा कार्यरत) रुगम कुवँरले सुरुमा आफ्नो अनुसन्धान प्रगतिबारे प्रस्तुती गरेका थिए। सो क्रममा कुवँरले अनुसन्धान गर्नुपर्ने विभिन्न पाटाहरूबाट औंल्याएका थिए। उनले दिलिपसिंह विष्ट पनि संकाको घेरैमा रहेको र सँगै अन्य संकास्पदहरूको पनि खोजी गरी अनुसन्धान गर्नुपर्ने धारणा राखेका थिए। 

डिएसपी कुवँर पछि सिआइबीका तत्कालीन डिएसपी अंगुर जिसी (जो अनुसन्धानका लागि सिआइबीबाट खटिएका थिए) ले आफ्नो अनुसन्धान र निष्कर्षबारे जानकारी गराएका थिए। डिएसपी जिसीले आफैंले पहिला सार्वजनिक गरेको व्यक्ति दिलिपसिंह विष्ट नै निर्मला हत्याकाण्डमा संलग्न भएको भन्दै त्यसको कारणसहित प्रस्तुती गरेका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

विष्टको बयान, विष्टको परिवारले सुरुमा विष्टबारे भनेका भनाई, उनको आपराधिक पृष्ठभूमि, परिस्थितीजनय प्रमाण, बयान अनुसार घटना मेल खानुजस्ता कारणले निर्मलाको बलात्कार र हत्यामा उनको संलग्नता हुने डिएसपी जिसीको दाबी थियो। सबै पक्षबाट विष्ट नै अभियुक्त हुने देखिँदा पनि उनी हुन सक्दैनन् भनेर डिएनए रिपोर्टले भनेको तर पछि डिएनए रिपोर्ट नै गलत सावित भएपछि पुन: विष्ट नै अनुसन्धानमा तानिनुपर्ने डिएसपी जिसीले बताएका थिए।

कन्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टले पनि डिएसपी जिसीकै कुरामा सहमति राख्दै पुन: दिलिपसिंहमाथि नै अनुसन्धान हुनेपर्ने जिकिर गरेका थिए।

त्यस्तै सिआइबीबाट अनुसन्धानमा खटिएका तत्कालीन एसपी, हाल एसएसपी सुदिप गिरी पनि हुन्। एसएसपी कुवेर कडायतले भने अहिलेसम्मको अनुसन्धान विष्टप्रति नै लक्षित भएको राय दिएका छन्। 

एसपी मुकुन्द मरासिनीसहितका अनुसन्धान अधिकारीको भने राय बुझ्ने काम बाँकी नै छ। सबैको राय बुझिसकेपछि अहिलेसम्मको प्रगति विवरण र एउटा निष्कर्ष निकालेर निर्मला काण्डलाई जतिसक्दा चाँडोमा टुंगोमा पुर्‍याइने हेडक्वार्टर स्रोत बताउँछ। 

२०७५ साउन १० गते साथी रोशनी बमको घर गएकी निर्मला बेलुकासम्म पनि नफर्केपछि आमा दुर्गादेवी पन्तले छोरी खोजिदिन भन्दै प्रहरीलाई आग्रह गरेकी थिइन्। त्यसको भोलिपल्ट निर्मलाको शव भीमदत्त नगरपालिका–१९ स्थित उखुबारीमा फेला परेको थियो। 

भदौ ४ गते निर्मलालाई बलात्कार गरी हत्या गरेको आरोपमा भीमदत्त नगरपालिका–१९ बस्ने दीलीपसिंह विष्ट पक्राउ परेका थिए। पछि डिएनए नमिलेपछि सरकारी वकिल कार्यालयले विष्टलाई छाड्न निर्देशन दिएपछि उनी छुटेका थिए। सो घटनामा लापरबाही गरेको भन्दै केही प्रहरीलाई बर्खास्त गरिएको थियो भने केहीलाई निलम्बन गरिएको थियो। कारबाही भोगेका सबै प्रहरी अधिकृतले पछि सफाई पाएका थिए। 

प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  १७:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ जेन–जी आन्दोलनमा फरार रहेको थुनुवा पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, भदौ ९, २०८३
लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ मंगलबार, भदौ ९, २०८३
बाराको सिमराबाट एक बालिका बेपत्ता मंगलबार, भदौ ९, २०८३
रेणु चन्दको संयोजकत्वमा राष्ट्रिय सभामा महिला समन्वय समिति गठन मंगलबार, भदौ ९, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्