• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

निर्मला पन्त हत्या घटना : हेडक्वार्टरले लियो अनुसन्धान अधिकृतको राय, सिनमा पुनः दिलिपसिंह

64x64
नारायण अधिकारी बिहीबार, फागुन २०, २०७७  १७:३९
1140x725

काठमाडौं- कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३१ महिनापछि प्रहरी प्रधान कार्यालय (प्रहरी हेडक्वार्टर)ले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूको राय बुझ्ने काम गरेको छ।

बालिका पन्तको बलात्कारपछि हत्या प्रकरणदेखि अहिलेसम्म अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको अनुसन्धान प्रगति र उनीहरूको राय बुझ्ने काम भइरहेको हेडक्वार्टर स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

साढे दुई वर्ष बितिसक्दा समेत हत्यारा पत्ता नलागेपछि अनुसन्धानमा खटिएका अधिकारीहरूको राय बुझेर विश्लेषण गरेपछि निष्कर्ष निकाल्न सकिन्छ भन्ने उद्देश्यसहित अनुसन्धान अधिकृतको राय बुझ्न थालिएको हो। साढे दुई वर्षसम्म पनि अपराधी पहिचान नहुनु र अनुसन्धानमा खटिएका प्रहरी अधिकारीकै कुरा बाझिने गरेको भन्ने जानकारी आएपछि हेडक्वार्टरले सबै अनुसन्धान अधिकृतलाई एकै ठाउँमा राखेर राय बुझ्ने काम गरेको हो।

अपराध अनुसन्धान विभागका एआइजी विश्वराज पोखरेल, मानव स्रोत तथा संशाधन विभागका एआइजी निरज शाहीको टोलीले राय बुझ्ने काम गरिरहेको छ। अनुसन्धान अधिकृतलाई प्रहरी हेडक्वार्टरमा बोलाएर अहिलेसम्म भएका उपलब्धी र अब गर्नुपर्ने अनुसन्धानको पाटाहरूमा छलफल भएको हेडक्वार्टर स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

यो पनि पढ्नुहोस्

निर्मला हत्या अनुसन्धान : हल्ला के, यथार्थ के?बुधबार, चैत २०, २०७५

अहिलेसम्म सिआइबीका तत्कालीन डिएसपी अंगुर जिसी, डिएसपी रुगम कुवँर, कन्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट, एसएसपी कुवेर कडायत, एसएसपी सुदिप गिरीको राय हेडक्वार्टरले लिइसकेको छ।

राय लिइएका अधिकांश अनुसन्धान अधिकृतले यसअघि पक्राउ परेर छुटेका सोही ठाउँका दिलिपसिंह विष्टलाई नै पुन अनुसन्धानमा ल्याउनुपर्ने राय दिएका छन्। हेडक्वार्टर स्रोत भन्छ, ‘अहिलेसम्म राय लिइएका अधिकांश अनुसन्धान अधिकृतको राय दिलिपसिंह विष्टलाई नै पुन अनुसन्धानमा तानिनुपर्ने भन्ने छ। थप अनुसन्धान अधिकृतको राय लिएपछि हेडक्वार्टरले एउटा निष्कर्ष निकालेर हत्याकाण्डको अनुसन्धान गर्ने तयारी गरेको छ।’

निर्मला हत्याकाण्डको अनुसन्धानमा खटिएका महानगरीय प्रहरी अपराध महाशाखाका तत्कालीन डिएसपी (हाल सिआइबीमा कार्यरत) रुगम कुवँरले सुरुमा आफ्नो अनुसन्धान प्रगतिबारे प्रस्तुती गरेका थिए। सो क्रममा कुवँरले अनुसन्धान गर्नुपर्ने विभिन्न पाटाहरूबाट औंल्याएका थिए। उनले दिलिपसिंह विष्ट पनि संकाको घेरैमा रहेको र सँगै अन्य संकास्पदहरूको पनि खोजी गरी अनुसन्धान गर्नुपर्ने धारणा राखेका थिए। 

डिएसपी कुवँर पछि सिआइबीका तत्कालीन डिएसपी अंगुर जिसी (जो अनुसन्धानका लागि सिआइबीबाट खटिएका थिए) ले आफ्नो अनुसन्धान र निष्कर्षबारे जानकारी गराएका थिए। डिएसपी जिसीले आफैंले पहिला सार्वजनिक गरेको व्यक्ति दिलिपसिंह विष्ट नै निर्मला हत्याकाण्डमा संलग्न भएको भन्दै त्यसको कारणसहित प्रस्तुती गरेका थिए। 

Ncell 2
Ncell 2

विष्टको बयान, विष्टको परिवारले सुरुमा विष्टबारे भनेका भनाई, उनको आपराधिक पृष्ठभूमि, परिस्थितीजनय प्रमाण, बयान अनुसार घटना मेल खानुजस्ता कारणले निर्मलाको बलात्कार र हत्यामा उनको संलग्नता हुने डिएसपी जिसीको दाबी थियो। सबै पक्षबाट विष्ट नै अभियुक्त हुने देखिँदा पनि उनी हुन सक्दैनन् भनेर डिएनए रिपोर्टले भनेको तर पछि डिएनए रिपोर्ट नै गलत सावित भएपछि पुन: विष्ट नै अनुसन्धानमा तानिनुपर्ने डिएसपी जिसीले बताएका थिए।

कन्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टले पनि डिएसपी जिसीकै कुरामा सहमति राख्दै पुन: दिलिपसिंहमाथि नै अनुसन्धान हुनेपर्ने जिकिर गरेका थिए।

त्यस्तै सिआइबीबाट अनुसन्धानमा खटिएका तत्कालीन एसपी, हाल एसएसपी सुदिप गिरी पनि हुन्। एसएसपी कुवेर कडायतले भने अहिलेसम्मको अनुसन्धान विष्टप्रति नै लक्षित भएको राय दिएका छन्। 

एसपी मुकुन्द मरासिनीसहितका अनुसन्धान अधिकारीको भने राय बुझ्ने काम बाँकी नै छ। सबैको राय बुझिसकेपछि अहिलेसम्मको प्रगति विवरण र एउटा निष्कर्ष निकालेर निर्मला काण्डलाई जतिसक्दा चाँडोमा टुंगोमा पुर्‍याइने हेडक्वार्टर स्रोत बताउँछ। 

२०७५ साउन १० गते साथी रोशनी बमको घर गएकी निर्मला बेलुकासम्म पनि नफर्केपछि आमा दुर्गादेवी पन्तले छोरी खोजिदिन भन्दै प्रहरीलाई आग्रह गरेकी थिइन्। त्यसको भोलिपल्ट निर्मलाको शव भीमदत्त नगरपालिका–१९ स्थित उखुबारीमा फेला परेको थियो। 

भदौ ४ गते निर्मलालाई बलात्कार गरी हत्या गरेको आरोपमा भीमदत्त नगरपालिका–१९ बस्ने दीलीपसिंह विष्ट पक्राउ परेका थिए। पछि डिएनए नमिलेपछि सरकारी वकिल कार्यालयले विष्टलाई छाड्न निर्देशन दिएपछि उनी छुटेका थिए। सो घटनामा लापरबाही गरेको भन्दै केही प्रहरीलाई बर्खास्त गरिएको थियो भने केहीलाई निलम्बन गरिएको थियो। कारबाही भोगेका सबै प्रहरी अधिकृतले पछि सफाई पाएका थिए। 

प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७  १७:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
विध्वंस मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छाडिन्छ : ओली बिहीबार, माघ ८, २०८२
टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला बिहीबार, माघ ८, २०८२
स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो बिहीबार, माघ ८, २०८२
निर्वाचनको कारण १२ दिन पछि सर्‍यो एसईई (परीक्षा तालिकासहित) बिहीबार, माघ ८, २०८२
पाकिस्तानको कराची मलमा आगलागी: मृतक संख्या ५५ पुग्यो बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्