काठमाडौं–फागुन २३ गतेदेखि सञ्चालन हुने कोभिड–१९ विरुद्ध खोपको दोस्रो चरणको अभियान २० दिन सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पहिलो १० दिन ६५ वर्षमाथिका र त्यसपछिका १० दिन ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहलाई खोप दिइने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। आफूलाई पायक पर्ने स्थानबाट खोप लिनसमेत उनले आग्रह गरे।
सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख मात्रा ‘कोभिशिल्ड’ पहिलो चरणको अभियानअन्तर्गत गत माघ १४ गतेदेखि सञ्चालन गरेर सम्पन्न भएको थियो।
सो अवसरमा खोप नेपालको कुल जनसंख्याको १.४ प्रतिशतलाई खोप प्रदान गरिएको थियो। त्यसमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार र सरकारी कर्मचारीलगायत चार लाख २९ हजार सत सय पाँच जनाले खोप लगाएका थिए। दोस्रो चरणको खोप पनि ‘कोभिशिल्ड’ नै प्रदान गरिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।