काठमाडाैं–अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशभरको मौसम सामान्यतया सफा रहेको छ ।
प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।
दिउँसो देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ ।
त्यसैगरी, राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।