दमाैली– तनहुँस्थित भानु नगरपालिका–१ मा बुधबार करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ।
बन्दीपुर गाउँपालिका–४ डुम्रेका १६ वर्षीय स्वरुप तामाङको चुँदी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका इञ्जार्च प्रहरी निरीक्षक प्रकाश भुसालका अनुसार करेन्ट लागेर तामाङ मृतावस्थामा खोलामा भेटिएपछि स्थानीयले खबर गरेका थिए।
मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।