काठमाडौं– जिपको ठक्करबाट नख्खुमा एक छात्राको मृत्यु भएपछि उत्पन्न विवादका विषयमा भएको छलफल बिना निष्कर्ष सकिएकाे छ।
बुधबार बिहान कोटेश्वर बहुमुखी क्याम्पसमा बिएड प्रथम वर्षमा अध्ययनरत १९ वर्षीया छात्रा अन्जुु दाहालको जिपको ठक्करबाट मृत्यु भएको थियो। उनलाई क्याम्पस जाँदै गर्दा स १ ज ५६७ नम्बरको जिपले ठक्कर दिएको थियो।
छात्राको मृत्युपछि विद्यार्थीले विरोध प्रर्दशन गरेका थिए। त्यसपछि क्याम्पस प्रशासन, विद्यार्थी, मृतकका आफन्त र प्रहरीबीच भएको वार्ता सहमति जुट्न नसकेकाे हाे।
सहमित जुट्न नसकेपछि बिहीबार पनि विद्यार्थीले कोटेश्वर चोकमा विरोध कार्यक्रम गर्ने जनाएका छन्।
बुधबार पनि छात्राको मृत्युपछि प्रदर्शनमा उत्रिएका विद्यार्थीले जावलाखेलमा केही बेर यातायात अवरुद्ध पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।