काठमाडौं–नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसविरुद्दको खोप लगाएका छन्। नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा पुगेर प्रचण्डले खोप लगाएका हुन्।
कोरोना खोप लगाएपछि प्रतिक्रिया दिँदै प्रचण्डले मानव जातिले भाइरस विरुद्ध जित हासिल गरेको बताए।
खोप लगाएपछि केहीबेर खोप केन्द्रमा रहेको आराम कक्षमा बसेका उनले पत्रकारसँग सामन्य कुराकानीसमेत गरेका थिए।
प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले पनि खोप लगाइसकेका छन्। खोप केन्द्रमा खोप लगाउन नेकपाका नेता तथा पूर्व मन्त्री लालबाबु पण्डितलगायत नेता पनि पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।