काठमाडौं–सभामुख, सांसद र केही मन्त्रीले आज कोरोनाविरुद्धको खोप लगाउने भएका छन्। बिहान १० बजे नयाँ बानेश्वरमा रहेको सिभिल अस्पतालमा सभामुख अग्नि सापकोटासहित सांसद र मन्त्रीले खोप लगाउने बताइएको छ।
प्रतिनिधिसभा पुनःस्थापनापछि आगामी २३ गते संसद् बैठक आह्वान भएपछि सभामुखसहित सांसदहरूले कोरोनाविरुद्धको खोप लगाउन लागेका हुन्। यस्तै, संसदको रिपोर्टिङ गर्ने केही पत्रकार तथा संसद भवनका कर्मचारीले पनि खोप लगाउँदै छन्।
खोप केन्द्रमा खोप लगाएपछि आराम गर्न उच्च पदस्थ व्यक्तिका लागि भिभिआइपि विश्राम कक्ष पनि बनाइएको छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।