काठमाडाैं– चार नेपाली महिला फुटबलरले पाकिस्तानी लिग खेल्ने भएका छन्। राष्ट्रिय टोलीका सदस्य सरु लिम्बुसहित एन्जिला तुम्बाप्पो सुब्बा, गीता राना र अनिता केसीले पाकिस्तानको ‘राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप’ खेल्ने भएका हुन्।
एन्जिला गोलकिपर हुन भने गीता डिफेण्डर, सरु मिडफिल्डर र अनिता फरवार्ड हुन्।
चारै नेपाली खेलाडीले मासा युनाईटेड फुटबल क्लबबाट पाकिस्तान फुटबल फेडेरेशन (पीएफएफ) को आयोजनामा हुने लिगमा खेल्न लागेका हुन्।
चारै नेपाली खेलाडीले पहिलो पटक विदेशी लिग खेल्न लागेका हुन्। नेपाली खेलाडी बिहीबार दुबई हुँदै पाकिस्तान प्रस्थान गर्नेछन्।
यसअघि नेपालबाट सावित्रा भण्डारी साम्बा र अनिता बस्नेतले भारतमा इन्डिन वुमन्स लिग खेलेका थिए।
पाकिस्तानमा महिला फुटबल च्याम्पियनसिप यही मार्च ८ देखि अप्रिल ३ सम्म कराँचीमा आयोजना हुँदैछ। प्रतियोगितामा कूल २० क्लबको सहभागीता रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।