• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

म भाइरल हुन आएको गायक हैन: बसन्त अर्याल

64x64
पुष्पा थपलिया शनिबार, फागुन २२, २०७७  १४:१९
1140x725

काठमाडाैं-

आकाश रोयो, बादल झर्‍यो, दन्कियो आगो खरानी बनायो
सक्कियो आज, भोलि हरायो, ब्युँझिए पापी बोली हरायो।

गायक, गीतकार तथा संगीतकार बसन्त अर्यालको नयाँ गीतका पंक्ति हुन् यी। उनले एसिड आक्रमणमा परेका पीडित चेलीको मनोव्यथा समेटेर तयार पारेको गीत हो यो।

एक महिना अगाडि युट्युबमा सार्वजनिक गरिएको ‘एसिडको कथा’ गीतको भिडियोमा शनिबारसम्म ३५ सय भ्यूज पनि पुगेको छैन। सुन्दर शब्द, कर्णप्रिय स्वर र संगीत भएका गीतमा यति थोरै दर्शक देखेर अचम्म परेका छैनन् उनी। भन्छन्, 'म भाइरल भएका गायक देखेर गीत गाउन आएको हैन, तीन हजारले मेरो गीत सुन्नु मेरा लागि ठूलो कुरा हो।' 

बसन्त, नेपाली भाषालाई निकै माया गर्ने कलाकार हुन्। अहिले भाषामा गरेको छेडखानी उनलाई पटक्कै मन परेको छैन। त्यसैले 'लेमन टी' माग्दा पनि उनि कालो चियामा कागती निचोरेर ल्याउनुस् भन्छन्। कति समयसम्म त वेटरले नबुझेर त्यस्तो चिया छैन बरु 'लेमन टी' बन्छ भन्छन्। यस्ता कुराले हैरान भएका बसन्त भन्छन्, 'केही पुराना नेपाली शब्द गीतमा राख्दा श्रोताले बुझ्दैनन्, यसले हाम्रा गीतसंगीतमा नराम्रो असर गर्छ।' 

बसन्त प्रेसमा काम गर्छन्। कागजमा गरिने ग्राफिक्समा व्यस्त रहने उनले, यसबाट बचेको समय संगीतलाई दिन्छन्। 'पेट पाल्ने काम जे होस्, आजका दिनसम्म कलाभन्दा बाहिर गइएको छैन', उनले हाँस्दै भने। उनले आजको दिनसम्म संगीतको औपचारिक शिक्षा लिएका छैनन्। तर, भन्छन्, 'मेरो रगतमा संगीत छ र यो भन्न पाउनु मेरो अधिकारको कुरा हो।' 

बसन्तले मामाघरका हजुरबुबा सम्झिए। नेपालमा हार्मोनियम बजाएरै जिन्दगी कटाएका दामोदर काफ्ले, जसको चर्चा खासै चल्न सकेन। मामाघरका हजुरबुबा दामोदरको रगत छ बसन्तमा। 

हजुरबुबालाई सम्झिएर निराश बन्दै उनले भने, 'मसँग कुनै ठोस तथ्यांक त छैन तर हाम्रा हजुरबुवा सबैभन्दा धेरै हार्मोनियम बजाउने वादक हुन्। उनि यही वर्ष बिते। 

Ncell 2
Ncell 2
nimb
nimb

मामाघरका हजुरबुबाकै कारण उनलाई संगीतमा मोह जाग्यो। त्यसैमाथि घरपरिवार पनि भजनर्कितनमा समय बिताउन मन पराउने खालको छ बसन्तको। 

उनको जन्म काभ्रे जिल्लामा भयो। तर, जन्मेको दश दिन पनि नपुग्दै उनको परिवार काठमाण्डौं सर्‍यो। त्यसैले बसन्तको पढाइ, हुर्काइ यतैको वातावरणमा भयो। 

आफूलाई संगीतको शिक्षा नलिएको बताएपनि वाद्यवादनमा तबला भने सिकेको बसन्त बताउँछन्। उनले सानैमा अतुल गौतमसँग तबला सिके। गौतम अहिले यो संसारमा छैनन्। सानैमा गौतमसँग तबला सिकेकाले बसन्त औपचारिक गुरु उनैलाई मान्छन्।

गायनको गुरु भने उनी नारायण गोपाललाई मान्छन्। औपचारिक रुपमा कक्षा लिन नसकेपछि उनैका गीत सुनेर आफू गीत रेकर्ड गर्ने दिनसम्म आइपुगेको बसन्तको भनाइ छ।

Xtrem

Xtrem

बसन्तले सात कक्षा पढ्दा नै गीत निकाले। त्यो समयमा अहिलेजस्तो युट्युब थिएन न त सिडीकै जमाना आइसकेको थियो। उनले एल्वममा राष्ट्रिय गीत रेकर्ड गराए। पहिलो गीतको सम्झना अहिले पनि उनीसँग छ। 'समय जतिसुकै परिवर्तन होस्, मसँग एल्बम बज्ने अवस्थामा छ र बजाउने भाँडो क्यासकेट पनि', बसन्तले खुशी हुँदै सुनाए। 

पहिलो गीत सात कक्षामा पढ्दा निकालेपनि दोस्रो गीत ‘आमा’ निकाल्न उनलाई स्नातक पढुन्जेल कुर्नुपर्‍यो। आमा गीतमा परदेशी बनेका छोराको कथा दर्साइएको छ। यसको भिडियो समेत निर्माण गरेर युट्युबमा राखिएको छ। 

‘आमा’पछि उनले प्रेमिल गीत निकाले ‘चट्ट पियारी’। यसलाई अन्य गीतको तुलनामा श्रोता दर्शकले बढी मन पराए। त्यसपछि हालै भने उनको चौंथो गीत सार्वजनिक भएको छ। ‘एसिडको कथा’। 

यो गीतका शब्द उनैले लेखेका हुन्। भन्छन्, 'गीत भनेको भावना हो, त्यो हाम्रै समाजबाट सिर्जना हुन्छ।' एसिडको कथा उनले वरपरका वातावरण हेरेरै उठाए। गीत बन्नुअघिको क्षण सम्झँदै उनी भन्छन्, 'एकदिन कार्यालयबाट घर फर्कँदै थिएँ। जाममा बाइक रोक्नुपरेको थियो। एकजना दृष्टिविहिन महिला हिँड्दै गएर बिजुलीको पोलमा नराम्रोसँग ठोकिएको देखें। त्यो देखेर साह्रै नमज्जा लाग्यो। यही नराम्रो भावनाले एउटा पंक्ति मनमा आयो, 

चरी झैं स्वतन्त्र उड्थें म जहिले
कुदृष्टि अनेकौं, देखिनँ मैले
हाँस्दै थिएँ,  खेल्दै थिएँ म
सपना हजारौं बुन्दै थिएँ म
एक्कासी आयो, दियो निभायो
निस्पट्ट कालो अँध्यारो छायो

त्यो समयमा निर्मला पन्तको घटनापछि आन्दोलन पनि चलिरहेको थियो। यी सबै कुराहरु देख्दा समाजमा कोही सुरक्षित छ जस्तो लागेन। बसन्तले भने, 'यो हाम्रो संस्कार र परिपाटी हैन नि।' त्यही समयमा एसिड आक्रमण सम्बन्धी समाचारका शिर्षकहरुले उनलाई अर्को लाइन पनि लेख्न बाध्य गरायो। 

भत्भती पोल्यो, अत्तालिएँ म
बिउँझेर हेर्दा भक्कानिएँ म
पलपल डराएँ, मनैमन कराएँ
बदला यो के को, मैले के बिराएँ ?
निस्तेज मन भो, आँखा रसायो
बेदना मेरो, झरी झैं सुसायो

समस्या, विलापले मात्रै गीत अन्त्य असुहाउँदो लाग्यो बसन्तलाई। त्यही भएर जागरणका लागि देवी बनेर जाग्नुपर्ने भनेर अन्तिम लाइन थपे। 

लड्नु छ मैले, जित्नु छ मैले
बोकेर लक्ष्य, उठ्नु छ मैले
फुक्नु छ बिगुल, देवी बनेर
हाँक्नु छ क्रान्ति नदी झैं डटेर
निभ्नेछ एकदिन, पापको ज्वालो
सकिन्छन् पापी, उदाउँछ उज्यालो

बसन्तले जोड दिँदै भने, 'हामी हिन्दु सम्प्रदायका हाैं। महिलालाई पूजा गर्ने सम्प्रदाय हिन्दु बाहेक अरु त छैन नि। महिलालाई पूजा गर्ने हामीलाई देवीसँग डर लाग्ला भनेर अन्त्यमा देवी बन्नुपर्ने सन्देश गीतमा समेटें।'

गीतको लिरिकल भिडियो बनाइएको छ। सांकेतिक रुपमा केही विदेशी फुटेज पनि जोडेर बनाइएको लिरिकल भिडियो उनले रहरले बनाएका हैनन्। यो बसन्तको बाध्यता हो। 

उनले भने, 'अहिले जमाना डिजिटल भएकाले भिडियोको विकल्प भएन। त्यसैले शब्द मात्रै राखेर भएपनि भिडियो बनाउनैपर्ने बाध्यता छ।' 

भिडियो जरुरी छ कि छैन गीतसंगीतका लागि भन्ने प्रश्नमा बसन्तले भने, 'यदि गीतको संगीत र शब्द फितलो छ भने भिडियो आवश्यक छ, नत्र अडियो नै काफी छ।' 

एसिडको कथा जस्ता सिरियस गीतले मुस्किलले तीन हजार दर्शक पाउँदा दुइअर्थ लाग्ने शब्द भएका, चटपटे गीतले भने करोड भ्युज पाएको केक काटिरहेका हुन्छन्। यस विषयमा बसन्त भन्छन्, 'नराम्रो गीतलाई तह लगाउने, राम्रो गीतलाई भाइरल गराउने काम त दर्शक श्रोताकै हो।' 

उनले थप जोड दिँदै भने, 'नकारात्क कुराले छिटो ठाउँ पाउँछ। यो नेपालमा मात्रै हैन, संसारभर हो। आफूलाई जतिसुकै विद्वान भन्नेले पनि नराम्रा कुराहरु लुकेर हेर्न चाहिरहेका हुन्छन्।'

त्यसो त भविष्यमा बसन्तलाई पनि ‘एसिडको कथा’ जस्ता पीडादायी गीत गाउन मन छैन। अहिलेको परिस्थितिमा सुनाउन भने मन छ।

तर, बल गरेर सुनाउन नमिल्ने भन्दै बसन्त भन्छन्, 'दर्शकलाई जे हेर्न मन लाग्यो त्यही हेर्ने स्वतन्त्रता छ। तर, ढल हेर्ने कि, स्वच्छ कलकल बगेको पानी हेर्न त्यो आफ्नो बिचार हो।'

 

प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  १४:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र सोमबार, असोज १२, २०८३
बाढीपहिरोका कारण कांग्रेस महाधिवेशनको मिति धकेलिँदै, १९ कि २१ गतेबाट गर्ने भन्नेमा छलफल सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्