• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

हलको भुइँ थर्किनेगरि नेपथ्यलाई स्वागत गर्यो मेलबर्नले

64x64
नेपाल लाइभ मंगलबार, चैत १२, २०८१  ०९:५५
1140x725

मेलबर्न – अटेसमटेस दर्शक र मञ्चका कलाकारबीच सामञ्जस्य मिलेपछि कन्सर्टको रौनक अर्कै हुन्छ । त्यस्तो बेला दर्शकले दिने हरेक प्रतिक्रिया भव्य देखिन्छ । यसको उदाहरण देखियो सोमबार साँझ मेलबर्नको फेस्टिभल हलमा ।

कन्सर्ट सकिनै लाग्दा नेपथ्य ब्यान्डको परिचय गराउँदै गायक अमृतले ‘आजको ड्रमसेटमा ध्रुव’ भन्दै बारम्बार दोहोर्‍याए । उत्ति नै पटक दर्शकले पनि ‘ध्रुव’ भनेर चिच्याए । उनले थप्दै लगे– ‘मादलमा शान्ति’, ‘किबोर्डमा दिनेश’, ‘बेस गितारमा सुविन’, ‘गितारमा नीरज’। यसरी नाम लिइँदा दर्शकदीर्घाले उत्तेजित भएर प्रशंसा गरिरहेको थियो । अन्तिममा सानो स्वरमा ‘र, म अमृत’ भनेका मात्र के थिए, अघिसम्म चिच्याइरहेका दर्शक उफ्रिन सुरु गरे । भुइँ थर्किन थाल्यो ।

काठ ठोकिएको जमिन केही बेरै हल्लिरहँदा छेउमै उभिएका पाकिस्तानी मूलका सुरक्षाकर्मी हास्मे अहमदको अनुहारमा चिन्ता छाएको देखिन्थ्यो । घरी अर्काको काँधमाथि चढेर नाच्न खोज्नेलाई उतार्ने त घरी हलभित्र भेपको धुवाँ उडाउनेलाई रोक्ने काममा खटिँदा लखतरान देखिएका दुई ज्यान अग्ला हास्मे भुइँसमेत हल्लिन थाल्दा आत्तिएका थिए ।

07-Nepathya-concert-goers-at-the-Festival-Hall-in-Melbourne.-Photo---Dipit-Raz-1742875696.jpg
‘आफ्नै छिमेकी देशको कार्यक्रम यस्तो भव्य हुन्छ भन्ने सोचेको पनि थिइनँ,’ उनी भनिरहेका थिए, ‘मैले भाषा नबुझे पनि यस ब्यान्डलाई दर्शकले असाध्यै मन पराएको पाएँ ।’  

मेलबर्नमा नेपथ्यले यसअघि दुई हजार दर्शक क्षमताको हल ‘फोरम’ प्रयोग गरेको थियो । यसपाला भने त्योभन्दा बढी क्षमताको भव्य एवं ऐतिहासिक ‘फेस्टिभल हल’ चयन गरिएको थियो ।

कन्सर्ट सुरु हुनुभन्दा झन्डै आधा घण्टाअगावै हल भरिभराउ भइसकेको थियो । घडीको सुईले बेलुकीको ठीक साढे ८ देखाउना साथ पर्दामा ‘सा कर्णाली’ गीतको म्युजिक भिडियो बज्न सुरु भयो ।

विश्वमै तहल्का मच्चाइरहेको बेला ‘बिटल्स’ जस्तो ब्यान्डको कन्सर्ट अनि सन् १९५६ को ओलम्पिकमा कुस्ती प्रतियोगिता भएको यस हलमा दर्शकको भीडले सोमबार साँझ नृत्य गर्दा सुरुवातैदेखि भुइँ नराम्ररी थर्किन थालेको थियो ।  

म्युजिक भिडियो लगत्तै मञ्चमा उपस्थित मुख्य गायक अमृतले ‘कोशीको पानी, यो जिन्दगानी’ बाट प्रस्तुति थालनी गरे । तेस्रो प्रस्तुति ‘छेक्यो छेक्यो’ पछि उनले दर्शकसँग संवाद सुरु गरे । त्यस क्रममा उनले नेपाली जता गए पनि मिलेर बस्नुपर्ने, देश र आफन्तलाई भेट्ने क्रम टुटाउन नहुने अनि भावी पुस्तामा पनि भाषाको विस्तार गर्नुपर्नेजस्ता सन्देश प्रवाह गरे ।

Ncell 2
Ncell 2
nimb
nimb

‘यो जिन्दगानी’ गीत सुनाएपछि आफूले जस्तो पढ्ने अवसर नपाएका नेपाली केटाकेटीलाई सक्दो सहयोग गरिदिन आह्वान पनि गरे । कार्यक्रमले दर्शकको उत्तेजना बढाउने मात्र होइन, संवेदनालाई बलियो बनाउने उद्देश्यलाई पनि पछ्याइरह्यो ।

09-Nepathya-frontman-Amrit-Gurung-performing-at-the-Festival-Hall-in-Melbourne.-Photo---Dipit-Raz-1742875695.jpg
कन्सर्टको अन्त्यतिर ‘मै नाचेँ छमछमी’, ‘रेशम’ र ‘तालको पानी’ सम्म पुग्दा तिरिमिरी बत्तीका बीच सिंगै हल नाचिरहेको जस्तो देखिन्थ्यो । नाच्नेहरूको त्यही भीडमा भेटिइन् केट ह्यान्सन । नेपाली युवकसँगै बिहे गरेकी उनले यसअघि पनि मेलबर्नमा ‘कन्दरा’ र ‘कबवेब’ ब्यान्डको कन्सर्ट हेरेको सुनाइन् ।

‘नेपालमा मैले असाध्यै प्रतिभाशाली कलाकारहरू रहेको पाएँ,’ आफू पनि कुनै समय गायिका रहेको बताउने उनले थपिन्, ‘नेपथ्यले नेपालका गाउँघरको आवाज संकलन गरेर ल्याउँछ भन्ने जानकारी मेरा पतिबाट पाएपछि झनै बढी मन पर्न थालेको छ ।’

केटले दुई वर्षअघि मेलबर्नमै आयोजित नेपथ्यको कन्सर्ट पनि हेरेकी रहिछन् । ‘आफ्नो संस्कृतिसँग जोडिएको संगीत असाध्यै स्वादिलो हुन्छ,’ उनले भनिन्, ‘मेरो विचारमा आफ्नो मौलिक पहिचान अघि बढाउन सामूहिक प्रयास प्रभावकारी हुन्छ ।’  

Xtrem

Xtrem

नेपथ्यलाई मेलबर्नमा भव्य रूपले प्रस्तुत गर्न पाउँदा खुसी लागेको आयोजक आशिफ कार्कीले उल्लेख गरे । ‘नेपाली कार्यक्रमका लागि मेलबर्नको कुनै हलभित्र तीन हजार दर्शक जम्मा भएको यो पहिलो पटक हो,’ उनले थपे, ‘दर्शक कार्यक्रममा अन्तिमसम्मै रमाएको देख्दा खुसी झनै बढेको छ ।’

05-Audience-enjoy-the-Nepathya-concert-in-Melbourne.-Photo---Dipit-Raz-1742875698.jpg
मेलबर्नपछि अब ब्यान्ड, व्यवस्थापक लगायतको १४ सदस्यीय टोली अन्तिम शो गर्न सिड्नीतर्फ लाग्नेछ । पृथ्वीको दक्षिणी गोलार्द्धमा रहेको सहर सिड्नीस्थित ‘होर्डन पभिलियन’ मा मार्च २९ र ३० मा कन्सर्ट हुनेछ । सुरूमा मार्च २९ को साँझका लागि मात्र कन्सर्ट राखिएकामा तीन साताअघि नै टिकट ‘सोल्ड आउट’ भएपछि दर्शकको चाहनालाई सम्मान गर्दै भोलिपल्टका लागि शो थपिएको हो । साढे पाँच हजार क्षमताको ‘होर्डन पभिलियन’ मा प्रस्तुति सकेलगत्तै ब्यान्ड स्वदेश फिर्नेछ ।

सबै सहरमा कार्यक्रमका जानकारी सहित अनलाइन बुकिङ लिंकको लागि दर्शकले नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत् जानकारी पाउन सक्नेछन् ।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  ०९:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर आशिष अविरलकै संगीत रहेको गीतलाई ऊर्जावान लोक–नृत्य शैलीमा तयार गरिएको छ। गीत सार्वजनिक भएसँगै यसको भिडियोले सामाजिक सञ्जालमा चर्चा प... सोमबार, असोज १२, २०८३
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्