• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

सिड्नीमा नेपथ्यको विशाल फड्को, दोस्रो शो आज

64x64
नेपाल लाइभ आइतबार, चैत १७, २०८१  ०८:५०
1140x725

सिड्नी, अस्ट्रेलिया – पृथ्वीको दक्षिणी गोलार्धमा रहेको सहर सिड्नीमा नेपथ्यले अहिलेसम्मकै भव्य कन्सर्ट प्रस्तुत गरेको छ । साढे पाँच हजार दर्शकले भरिभराउ ‘होर्डन पभिलियन’ मा नेपथ्यले शनिबार साँझ प्रस्तुति दिएको हो ।

कन्सर्टका लागि तीन साता अगावै टिकट बिक्री भइसकेको थियो । शनिबार शो सुरु हुनुभन्दा निकै अघि हल खचाखच भइसकेको थियो । जब मञ्चमा कलाकार उपस्थित भए, चर्को आवाज र उफ्राइका साथ दर्शकले स्वागत गरे । उनीहरूका लागि नेपथ्यले पूर्वी नेपालको पदयात्रामा संकलित गीत ‘कोशीको पानी’ बाट प्रस्तुति थालनी गर्‍यो ।

शो दुई घण्टा चलिन्जेलसम्मै सिंगो हल नेपथ्यसँग नाचेको थियो । कुनाकाप्चामा समेत दर्शकका टाउकै टाउका देखिन्थे । भीड व्यवस्थापनमा जताततै सुरक्षाकर्मी खटिएका थिए । कुनै अप्रिय स्थिति ननिम्तियोस् भनेर उनीहरू हरदम चनाखो देखिन्थे ।

हलमा कोही सपरिवार थिए, कोही युवकयुवतीको जोडी । गीतैपिच्छे एक अधबैंसे महिला र एक जोडी युवकयुवती कुर्सीबाट उठेर एकले अर्कालाई समात्दै नृत्य गरिरहेका भेटिए ।
‘आफू तन्नेरी छँदा नेपथ्यको कन्सर्ट असाध्यै मन पर्थ्यो,’ छोरा सुशान्त र बुहारी जस्मिनासँग नाच्दै गरेकी सरिता दाहाल भनिरहेकी थिइन्, ‘अहिले छोरा बुहारीसँग आउँदा पनि उस्तै रमाइलो लागिरहेको छ ।’

काठमाडौं कोटेश्वरकी सरिता छ महिनापहिले परिवार भेट्न सिड्नी आएकी रहिछन् । ‘नेपथ्यको शो झन्डै २८ वर्षपहिले काठमाडौंमै हेरेकी थिएँ,’ उनले भनिन्, ‘अहिले अस्ट्रेलिया आएको बेला पनि शो हुँदै छ र त्यसमा छोराबुहारी जाँदै छन् भन्ने थाहा पाएपछि म पनि साथ लागेँ ।’

आफ्नो समयमा देखेको नेपथ्य र अहिले छोराबुहारीको समयमा हेर्दै गरेको नेपथ्यका बीच धेरै अन्तर आइसकेको उनले बताइन् । ‘पहिलेका गीतहरू पनि अहिले सुन्न पाउँदा रमाइलो लागिरहेको छ,’ उनले भनिन्, ‘तर थुप्रै नयाँ गीत अनि प्रस्तुतिमा नवीनताले अहिलेका युवा पनि उत्तिकै रमाएको देखेँ ।’  

‘होर्डन पभिलियन’ हलमा नेपथ्य दोस्रो पटक प्रस्तुत भएको हो । त्यसभन्दा पहिले यहाँकै लुना पार्कमा नेपथ्यको कन्सर्ट आयोजना हुने गरेको थियो । छ वर्षअघि लुना पार्कमा कन्सर्ट आयोजना गर्दा सबै टिकट इन्टरनेटबाटै बिक्री भइदियो । त्यसपछि अझ फराकिलो हल होर्डन पभिलियनमा नेपथ्यले प्रस्तुति दिएको थियो । यसपाला यस हलमा शनिबारका लागि निर्धारित शोमा पनि पहिल्यै टिकट ‘सोल्ड आउट’ भएपछि शो थपिएको छ । यही हलमै नेपथ्यले आइतबार पनि प्रस्तुति दिनेछ ।

‘सिड्नीमा लगातार भइरहेको दर्शकको वृद्धिले उत्साहित छौं,’ नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसले आगामी दिनमा अझ आकर्षक योजना बनाउन हामीलाई उत्प्रेरित गरेको छ ।’

Ncell 2
Ncell 2
nimb
nimb

हरेकपटक एउटा नयाँ मानक उभ्याउने सिड्नीका नेपथ्यप्रेमी सधैँजस्तै शनिबार पनि आफू मात्र रमाएनन्, मञ्चमा प्रस्तुति दिइरहेका कलाकारहरूलाई पनि व्यापक ऊर्जा प्रदान गरिरहे । त्यस्तो गर्नेमा नेपाली अनुहार मात्र थिएनन् ।

04-Nepathya-performing-at-the-Hordern-Pavillion-in-Sydney.-1743302713.jpg
 

त्यहाँ आमा जेसिन्टाका साथमा छोरी रुथ र छोराहरू म्याडी अनि ह्याट्रिकको टोली बेग्लै पाराले रमाइरहेका देखिन्थे । घुमफिरमा रमाउने जेसिन्टा तीनपटक नेपाल पुगेकी रहेछिन् । आफ्ना सन्तानलाई पनि एक–एकपटक नेपाल घुमाइसकेकी रहिछन् ।

ह्याट्रिक हाल क्यानबेरास्थित ‘नेसनल कन्भेन्सन सेन्टर’ मा काम गर्दा रहेछन्, जहाँ केही साताअघि नेपथ्यले प्रस्तुति दिएको थियो । त्यो कन्सर्टका बेला ह्याट्रिकले ‘फ्रन्ट अफ हाउस अडियो’ सम्हालेका थिए ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘कामको सिलसिलामा नेपथ्यको शो हेरेपछि म असाध्यै प्रभावित भएँ,’ ह्याट्रिकले भने, ‘नेपाल भनेपछि हुरुक्क हुने मेरी आमालाई यो कन्सर्ट सिड्नीमा हुन लागेको सुनाएँ अनि तपाईंले छुटाउन हुँदैन पनि भनेँ ।’

छोराको कुरा सुनेपछि आफू यो शो हेर्न तारे सहरदेखि पाँच घण्टा गाडी हाँकेर सिड्नी आइपुगेको जेसिन्टाले बताइन् । ‘जीवनमा पहिलोपटक यसरी नेपाली शो हेर्न आइरहँदा छोराछोरीले पनि मलाई पछ्याए,’ उनले भनिन्, ‘असाध्यै रमाइलो लागिरहेको छ ।’ छोरी रुथले भने शोमा आउनुअघि स्पोटिफाईबाट नेपथ्यका केही गीत सुनेको जानकारी गराइन् ।  

यो कन्सर्टका साथ नेपथ्यले अस्ट्रेलियाकै यस व्यापारिक राजधानीमा सातौंपटक सफलताका साथ आफूलाई उभ्याएको छ । अस्ट्रेलियाभरमै सबैभन्दा बढी नेपाली बसोबास गर्ने सिड्नीमा नेपथ्यले सन् २००९ मा पहिलोपटक प्रस्तुति दिएको थियो ।

‘नेपालकै पनि सर्वाधिक प्रस्तुत भएको ठाउँको हाराहारीमा उभिने सिड्नी मेरो निम्ति घरजस्तै आत्मीय सहर भइसकेको छ,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘यो सहरबाट पाउने हौसलाले हामीमा हरेकपटक आत्मबल थप्ने गरेको छ ।’

06-Nepathya-Concert-in-Sydney-1743302713.jpg
कन्सर्टका बेला अमृतले आफ्ना सन्तानमा पनि नेपाली भाषाको विस्तार गर्न अनि नेपालमा पढ्न नपाएका केटाकेटीको शिक्षामा गच्छेअनुसार थोरै भए पनि योगदान गर्न दर्शकलाई अनुरोध गरेका थिए ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकामा सिड्नीका स्थानीय आयोजक प्रदीप पाठकले सबैप्रति आभार प्रकट गरेका छन् । ‘सिड्नीको पहिलो कन्सर्ट भव्य रूपले सम्पन्न भयो,’ उनले थपे, ‘थोरै समयको तयारीमा घोषणा गरिए पनि आइतबार यसै हलमा आयोजित दोस्रो शोमा पनि उल्लेख्य दर्शक जुट्ने अपेक्षा राखेका छौं ।’

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए । कलाकारको यो टिमबाहेक व्यवस्थापक र प्राविधिकको १४ सदस्यीय टोली यात्रामा सरिक छ । सिड्नीमा आइतबार (आज) प्रस्तुति दिएर ब्यान्ड भोलिपल्टै स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ । 

फोटोः दिपित राज

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  ०८:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति
एक लाख ८७ हजार मतदाता थपिए
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी
सम्बन्धित सामग्री
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर आशिष अविरलकै संगीत रहेको गीतलाई ऊर्जावान लोक–नृत्य शैलीमा तयार गरिएको छ। गीत सार्वजनिक भएसँगै यसको भिडियोले सामाजिक सञ्जालमा चर्चा प... सोमबार, असोज १२, २०८३
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
एक लाख ८७ हजार मतदाता थपिए शनिबार, असोज ३१, २०८३
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्