धनगढी- सुदूरश्चिम प्रदेश सभाका अर्थ, विकास तथा प्राकृतिक स्रोत समिति सभापति हर्क बहादुर कुँवर (गोविन्द) लाई उपचारका लागि काठमाडौं लगिएको छ।
कोरोना पुष्टि भएका उनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरमार्फत् हवाई उद्दार गरि काठमाडौ लगिएको हो। सेती प्रादेशिक अस्पतालमा उपचाररत कुँवरलाई थप उपचारका ग्राण्डी अस्पताल काठमाडौं पुर्याइएको छ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले फागुन ९ गते कोरोना पोजिटिभ देखिएका ६६ वर्षिय कुँवर फागुन १५ गते कोरोना अस्थायी अस्पताल भर्ना भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।