काठमाडौं–स्वास्थ्य परीक्षणका लागि भारतको नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आज फर्कंदै छन्। भट्टराई नेपाल एयरलाइन्सको दिल्ली–काठमाडौं उडानमार्फत आज स्वदेश फर्किन लागेको उनको सचिवालयले जनाएको छ।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा परीक्षण गरिएको थियो।
न्युरो इन्डोक्राइन ट्युमरको शंका गरेर थप परीक्षणका लागि दिल्ली पुगेका उनलाई ट्युमर क्यान्सर नभएको पुष्टि भएको छ। तर, क्यान्सर नदेखिए पनि उनको ट्युमर केही महिनामा नै शल्यक्रिया गरी फाल्नु पर्ने सुझाव चिकित्सकहरुले दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।