तनहुँ–व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गतराति आगलागी भउको छ। होटल नजिकै रहेको ट्रान्समिटर पड्किएर भएको आगलागीबाट ४० लाख रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
होटलको पहिलो तलामा रहेको आगन्तुककक्ष जलेर पूर्णरूपमा क्षति भएको छ। आगलागीबाट मानवीय क्षति भने भएको छैन। होटलमा रहेको केही पाहुनालाई घरको छतबाट उद्धार गरिएको थियो।
विद्युत् लाइनबाट विद्युत् चुहिएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनालगत्तै व्यास नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।