Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

‘आधार नभएको’ रिटमा सर्वोच्चको अन्तरिम आदेश, आर्थिक ऐन उल्लंघन भएको भन्दै अर्थको भ्याकेट

अरेतद्वारा आयातपूर्व नै ३० प्रतिशत खारेज गर्न माग
64x64
शिव बोहरा मंगलबार, फागुन १८, २०७७  ०६:४६
1140x725

काठमाडौं- सरकारले आधिकारिक बिक्रेता बिना सवारी आयात गर्न नपाउने व्यवस्थालाई २०७७ को आर्थिक ऐन मार्फत केही सहज गर्‍यो। विगतमा त्यसरी आयात गरिएका सवारीको भन्सार जाँचपास हुँदैन्थ्यो। तर, यो वर्षको आर्थिक ऐनमा आधिकारिक बिक्रेता बिना आयात गरिएका सवारी मूल्यको ३० प्रतिशत जरिवाना तिरेर छुटाउन पाउने व्यवस्था गरियो। 

व्यवसायीले त्यसरी जरिवाना तिरेर दर्जनौं सवारी छुटाइसकेका पनि छन्। भन्सार ऐनको व्यवस्था अनुसार सवारी आयात गर्नका लागि उत्पादक कम्पनीले आधिकारिक बिक्रेता तोक्न पाउने गरि अधिकार दिएको तेस्रो पक्षसँग खरिद गरिएका सवारीमात्र आयात गर्न पाइने व्यवस्था छ। 

आधिकारिक बिक्रेता नै नियुक्त नभई सवारीसाधन आयात गर्दा आर्थिक ऐन २०७७ ले ३० प्रतिशत जरिवाना तिरेर सवारीसाधन जाँचपास गर्न पाउने व्यवस्था गरेको छ। तर आधिकारिक बिक्रेता समेत नलिएको अरेत इन्टरनेशलन प्रालिले आर्थिक ऐन अनुसार लिइएको उक्त जरिवाना खारेज गरिपाउँ भन्दै सर्वोच्चमा मुद्दा दायर गरेको छ। अरेत इन्टरनेशनलको तर्फबाट बिनोद श्रेष्ठले पुस २८ मा सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अन्तरिम आदेश दिएको छ। 

माघ १२ गते न्यायाधीश फुयालको इजलासले अरेत इन्टरनेशनलले गरेको माग दाबी बमोजिम आर्थिक ऐन २०७७ ले तोके अनुसार आधिकारिक बिक्रेता बिना सवारी आयात गर्दा लाग्ने ३० प्रतिशत जरिवाना नलिनु भन्ने अन्तरिम आदेश दिएको हो। सर्वोच्च अदालतको आदेशले अवैध रुपमा सवारी आयात गर्दै आएका व्यापारीलाई प्रोत्साहन मिलेको छ। 

अमेरिकी कम्पनी टेस्ला इंकले आफ्नै कम्पनीबाहेक अरुलाई आधिकारिक बिक्रेता नै दिँदैन। टेस्लाले २०११ म जारी गरेको बिक्री नीतिमा यो कुरा स्पष्ट उल्लेख गरिएको छ। वेबसाइटमा सहजै पढ्न पाइने यति कुरा समेत अध्ययन नगरी आदेश दिईंदा कानुनको उपहास भएको अर्थ मन्त्रालयका एक अधिकारीले बताए।

‘आधिकारिक बिक्रेता नै नपाएको कम्पनीले ल्याएको गाडी छोड्न आदेश दिएर सर्वोच्चले यसअघि नै गल्ती गरिसकेको थियो,’ ती अधिकारीले भने, ‘अहिले त अरेत इन्टरनेशनलले आधिकारिक बिक्रेता आफूले पाएको दाबी गर्दै ३० प्रतिशत जरिवाना लगाउन नपाइने भन्दै दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दियो।’ अरेतले टेस्लाबाट पाउनै नसक्ने आधिकारिक बिक्रेता हङकङले कसरी दियो भन्ने प्रश्नसम्म सर्वोच्च नगरि आदेश दिनुले कानुनको उपहास भएको ती अधिकारीको जिकिर छ। 

सर्वोच्चको उक्त आदेशविरुद्ध अर्थ मन्त्रालयले फागुन पहिलो साता भ्याकेट दर्ता गराएको थियो। अर्थको तर्फबाट सचिवले दिएको लिखित जवाफमा अरेत इन्टरनेशनलको तर्फबाट विनोद श्रेष्ठले दायर गरेको निवेदन नै खारेज गर्न माग गरिएको छ। 

अरेत इन्टरनेशनलले २०७७ मंसिर ९ मा आर्थिक ऐन २०७७ कै व्यवस्था अनुसार ३० प्रतिशत जरिवाना तिरि ३ थान टेस्ला मोडल थ्री जाँचपास गराएको थियो। तर, सर्वोच्चले विगतमा आफ्नो पक्षमा फैसला गरेको भन्दै हौसिएर कम्पनीले ३० प्रतिशत जरिवाना खारेजीको माग गरेर मुद्दा दायर गरेको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

अरेत इन्टरनेशनलले गएको पुस १ मा टेस्लाका मोडल थ्री र मोडल वाइ गरि १२ वटा कार आयात गर्नका लागि एलसी खोलेको जनाएको छ। आयात गर्न लागिएको १२ वटा कारमा ३० प्रतिशत जरिवाना लगाउन नपाउने अरेतको तर्कमा सर्वोच्चले अन्तरिम दिएको थियो। सो अन्तरिम विरुद्ध अर्थ मन्त्रालयले भ्याकेट दर्ता गराइसकेको छ। कम्पनीले २०७७ पुस १ मा एलसी खोली आयात हुने भनिएका १२ वटा कारको भन्सार महसुल आर्थिक ऐन २०७७ को अनुसूची–१ के दफा १२ को उपदफा १ को खण्ड ङ बमोजिम ३० प्रतिशतका दरले नलाग्नु पर्ने हो भनि लिएको मागदाबी नै कानुन बिपरीत र औचित्यहीन हुँदा प्रस्तुत रिट निवेदन खारेजभागी भएको दाबी अर्थ मन्त्रालयले पेश गरेको छ। 

यस्तो छ अवैध आयातको 'ट्रयाक रेकर्ड'
विद्युतीय कारमा सरकारले कर छुट दिँदा समेत नेपाली व्यवसायीले ‘चोर बाटो’ प्रयोग गरेर २०७६ भदौमै अउडीको ३ वटा विद्युतीय कार इट्रोन ल्याएका थिए। त्यसको केही महिनापछि टेस्लाका कारसमेत नेपाल भित्रिए। आधिकारिक बिक्रेता बिना नै कार आयात भएको समाचार बाहिरिएपछि भन्सारले ती गाडी भन्सारमा नै फर्कायो।

टेस्लाका कार वेस्टार ग्यालेक्सी प्रालि र श्रीमा डिस्ट्रिब्युटर्सले ल्याएका थिए भने अउडीको कार प्रिन्सा अटोमोटिभ्सले ल्याएको थियो। त्यसैगरी ल्यान्डरोभरका कारसमेत ४ वर्षदेखि आधिकारिक बिक्रेता नै नभइ ल्याएको समाचार नेपाल लाइभले लेखेपछि किशोर गेयरले ल्याएका ज्यागुअरका इलेक्ट्रिक कार पनि रोकिएको थियो।

ज्यागुअरका इलेक्ट्रिक कार शक्तिकेन्द्रका आडमा गुपचुप जाँचपास गराइयो। तर, टेस्लाका आयातकर्ता श्रीमा डिस्ट्रिब्युटर्स सरकारले २०७७ जेठमा ल्याएको आर्थिक ऐनलगत्तै गाडी छुटाउन सर्वोच्च पुग्यो। सर्वोच्चले गाडी छुटाउनदेखि दर्ता गरेको निर्णय कार्यान्वयन नगर्नसम्मको आदेश श्रीमाकै पक्षमा दियो। त्यसबाट हौसिएका श्रीमाकै सञ्चालकले पछिल्लो पटक भने श्रीमाबाट नभइ अरेत इन्टरनेसनल नामक कम्पनीबाट टेस्लाका तीन वटा मोडल थ्री किनेर भित्र्याएका हुन्।

Xtrem

Xtrem

अरेत इन्टरनेसनलले नोभेम्बर ६ मा हङकङमा रहेको साउथ चाइना एक्जिम लिमिटेडबाट टेस्लाका कार किनेको हो। श्रीमा डिस्ट्रिब्युटर्स नेपालले २०२० जनवरी २ वटा टेस्ला मोडल एक्स समेत हङकङकै कम्पनी साउथ चाइना एक्जिम लिमिटेडबाटै किनेको थियो। 

श्रीमा र अरेत कम्पनीले टेस्लाको आधिकारिक बिक्रेता कम्पनी भनेर दाबी गरेको साउथ चाइना एक्जिम कम्पनीबारे खोजी गर्दा उक्त कम्पनीसमेत हङकङमा राकेशकुमार अडुकियाकै नाममा दर्ता भएको खुलेको हो। हङकङमा दर्ता भएको उक्त कम्पनीका सञ्चालक अडुकिया नै छन्। सो कम्पनी २०१६ जनवरी १४ मा दर्ता भएको थियो। साउथ चाइना एक्जिम लिमिटेडको चुक्ता पुँजी १० हजार हङकङ डलर देखाइएको छ।  

श्रीमा डिस्ट्रिब्युटर्स नेपाल प्रालिका सञ्चालक भने ऋषिकुमार तुल्स्यान हुन्। २०२० जनवरी २८ मा बनेको टेस्ला मोडल एक्सको प्रज्ञापन पत्रमा तुल्स्यानकै नाम उल्लेख छ। 

गत वर्ष नै वाणिज्य विभाग र भन्सार विभागले आधिकारिक बिक्रेताबारे अध्ययन गरेका थिए। तर, उनीहरुले कम्पनीको प्रभावमा परेर हो वा गुगल गर्ने चेस्टासम्म नगरि कम्पनीले पेश गरेको कागजातमा सहीछाप लगाएका थिए। यसबारे अर्थ मन्त्रालयले समेत चासो देखाएको थियो। तर, वाणिज्य र भन्सार विभागको सहीछापमाथि कुनै जिज्ञासा राखेको पाइएन। 

अडुकियाले हङकङमा दर्ता गरेको कम्पनी एक्सपोर्ट-इम्पोर्ट कम्पनी हो। सोही कम्पनीले नेपाली कम्पनी श्रीमा र अरेतलाई टेस्लाका कार बिक्री गरेको हो। सुरुमा टेस्लाको कार नेपाल ल्याएको वेस्टार ग्यालेक्सीले बेलायतको एक्सपोर्ट इम्पोर्ट कम्पनी जेम्सन कार्टरसँग कार खरिद गरेको थियो। 

प्रायः कम्पनीहरुले एक देशका लागि एकै कम्पनीलाई आधिकारिक बिक्रेता नियुक्त गर्ने गरेका छन्। तर, नेपालमा आयात भएका महंगा गाडीहरु भने आयात निर्यातको काम गर्ने कम्पनीले आधिकारिक बिक्रेता दिएको भन्दै ल्याएका कागजमा वाणिज्य र भन्सारले सहीछाप लगाइदिँदा स्थिति जटिल बनेको छ। 

के छ टेस्लाको आधिकारिक बिक्रेता नियुक्त गर्ने नीति
अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला इंकले हालसम्म विश्वभर जहाँ जति पनि गाडी बिक्री गरेको छ, त्यो आफ्नै आउटलेटबाट बिक्री गरेको छ। यसको अर्थ टेस्लाले कुनै पनि कम्पनीलाई आधिकारिक बिक्रेता नियुक्त गरेको छैन। टेस्लाले २०११ मा जारी गरेको कार बिक्री नीति अनुसार उसले गाडी बिक्री गर्ने मुलुकमा आफैं कम्पनी स्थापना गरेर बिक्री गर्ने गरेको छ। 

तर, नेपालमा टेस्लाका कार आयाकर्ताहरुले आफू नै आधिकारिक बिक्रेता नियुक्त भएको दाबी गर्दै आएका छन्। अर्कोतर्फ श्रीमा र अरेत इन्टरनेसनलले कार खरिद गरेको साउथ चाइना एक्जिम लिमिटेड कम्पनीसमेत टेस्लाको हङकङका लागि आधिकारिक बिक्रेता होइन। त्यस्तै गत वर्ष टेस्लाको एउटा कार ल्याएको वेस्टार ग्यालेक्सीले कार किनेको बेलायतको कम्पनी जेम्सन कार्टर नै पनि टेस्लाको आधिकारिक बिक्रेता होइन।

त्यसैले श्रीमा र अरेतले दाबी गरेजस्तो तेस्रोपक्षीय सम्झौतासमेत साउथ चाइना एक्जिमसँग हुन सक्दैन। यदी यस्तो कागजात पेश गरिएको हो भने त्यो सरासर किर्ते हुने वाणिज्य विभागका एक अधिकारीले बताए। ‘विगतमै पनि सरकारी निकायले एक आपसमा समन्वय गरेर किन्ने र बिक्री गर्ने कम्पनीको गुगलमा विस्तृत अध्ययन गरेको भए यस्तो लफडा हुने थिएन,’ ती अधिकारीले भने, ‘विगतमा ती कम्पनीले गरेको किर्ते कामलाई छोपछाप पार्दा अहिले कर छली हुने अवस्थासम्म पुग्यो।’

थप समाचार :

टेस्ला र अउडीको आधिकारिक प्रमाणपत्र दिने कम्पनी एउटै

श्रीमा र अरेटीलाई टेस्ला बेच्ने हङकङको 'साउथ चाइना' कम्पनी नेपालीकै

सर्वोच्चको साथ पाएपछि टेस्लाको अवैध आयातकर्ताले गर्‍यो ‘अन्डर इनभ्वाइस’

प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  ०६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैय... बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८:०० बजेसम्म मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
मैले आठ युद्ध रोकेँ, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : डोनाल्ड ट्रम्प बिहीबार, असोज २२, २०८३
विद्युत् महसुल काउन्टरमै तिर्ने ७३ प्रतिशत, सञ्चालन खर्च वार्षिक ६० करोडनजिक बिहीबार, असोज २२, २०८३
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच भेटवार्ता बिहीबार, असोज २२, २०८३
बिजुलीको बिल तिर्ने काउन्टरमै वार्षिक करीब ६० करोड खर्च बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्