Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

श्रीमा र अरेटीलाई टेस्ला बेच्ने हङकङको 'साउथ चाइना' कम्पनी नेपालीकै

वाणिज्य विभागदेखि भन्सार हुँदै अर्थमन्त्रालयसम्म गुमराहमा
64x64
शिव बोहरा बिहीबार, पुस २, २०७७  १०:५१
1140x725

काठमाडौं- विद्युतीय कारमा सरकारले अघिल्लो वर्षसम्म न्यून कर लगाउँदै आएको थियो। ६ करोड रुपैयाँसम्मका कारको खरिदबिक्री हुने नेपाली अटो बजारमा विद्युतीय कारमा करको दर न्यून भएकाले महँगा कार पनि नेपालमा सस्तोमा उपलब्ध हुन थालेपछि व्यवसायीहरु प्रिमियम ब्रान्डका विद्युतीय कारतर्फ आकर्षित भए।

तर विश्वका अधिकांश प्रिमियम ब्रान्डले नेपालजस्तो कमजोर सडक पूर्वाधार भएको देशमा सहजै आधिकारिक बिक्रेता तोक्दैनन्। यसको मुख्य कारण हो, स्तरीय सर्भिस र सडकका कारण कारमा आउन सक्ने समस्या।

यद्यपि विद्युतीय कारमा सरकारले कर छुट दिँदा नेपाली व्यवसायीले ‘चोर बाटो’ प्रयोग गरेर २०७६ भदौमै अउडीको ३ वटा विद्युतीय कार इट्रोन ल्याएका थिए। त्यसको केही महिनापछि टेस्लाका कारसमेत नेपाल भित्रिए। आधिकारिक बिक्रेता बिना नै कार आयात भएको समाचार बाहिरिएपछि भन्सारले ती गाडी भन्सारमा नै फर्कायो।

टेस्लाका कार वेस्टार ग्यालेक्सी प्रालि र श्रीमा डिस्ट्रिब्युटर्सले ल्याएका थिए भने अउडीको कार प्रिन्सा अटोमोटिभ्सले ल्याएको थियो। त्यसैगरी ल्यान्डरोभरका कारसमेत ४ वर्षदेखि आधिकारिक बिक्रेता नै नभइ ल्याएको समाचार नेपाल लाइभले लेखेपछि किशोर गेयरले ल्याएका ज्यागुअरका इलेक्ट्रिक कार पनि रोकिएको थियो।

यो पनि पढ्नुहोस्

 

ल्यान्ड रोभरका गाडी ३ वर्षदेखि अवैध आयात : सरकार मौन, प्रवृत्ति मौलाउँदोसोमबार, असोज ६, २०७६

ज्यागुअरका इलेक्ट्रिक कार शक्तिकेन्द्रका आडमा गुपचुप जाँचपास गराइयो। तर टेस्लाका आयातकर्ता श्रीमाले सरकारले २०७७ जेठमा ल्याएको आर्थिक ऐनलगत्तै गाडी छुटाउन सर्वोच्च पुग्यो। सर्वोच्चले गाडी छुटाउनदेखि दर्ता गरेको निर्णय कार्यान्वयन नगर्नसम्मको आदेश श्रीमाकै पक्षमा दियो। त्यसबाट हौसिएका श्रीमाकै सञ्चालकले पछिल्लो पटक भने श्रीमाबाट नभइ अरेटी इन्टरनेसनल नामक कम्पनीबाट टेस्लाका तीन वटा मोडल थ्री किनेर भित्र्याएका हुन्।

अरेटी इन्टरनेसनलले नोभेम्बर ६ मा हङकङमा रहेको साउथ चाइना एक्जिम लिमिटेडबाट टेस्लाका कार किनेको हो। श्रीमा डिस्ट्रिब्युसन नेपालले २०२० जनवरी २ वटा टेस्ला मोडल एक्स समेत हङकङकै कम्पनी साउथ चाइना एक्जिम लिमिटेडबाटै किनेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

श्रीमा र अरेटी कम्पनीले टेस्लाको आधिकारिक बिक्रेता कम्पनी भनेर दाबी गरेको साउथ चाइना एक्जिम कम्पनीबारे खोजी गर्दा उक्त कम्पनीसमेत हङकङमा राकेशकुमार अडुकियाकै नाममा दर्ता भएको खुलेको हो। हङकङमा दर्ता भएको उक्त कम्पनीका सञ्चालक  अडुकिया नै छन्। सो कम्पनी २०१६ जनवरी १४ मा दर्ता भएको थियो। साउथ चाइना एक्जिम लिमिटेडको चुक्ता पुँजी १० हजार हङकङ डलर देखाइएको छ।  

अडुकिया नेपाली नागरिक हुन् भने गोर्खा विकास बैंक घोटालामा समेत उनकै संलग्नता थियो। उनै अडुकियाका साथी/समूहको नाममा रहेको अरेटी इन्टरनेशनल र श्रीमाले टेस्लाका गाडी हङकङबाट किनेर नेपाल ल्याएको हो। नेपालबाट टेस्लाका गाडी खरिद गर्ने दुबै श्रीमा र अरेटी कम्पनी राकेशकुमार अडुकियाकै हो वा होइन, त्यो भने पुस्टि हुन सकेको छैन। 

श्रीमा डिस्ट्रिब्युसन नेपाल प्रालिका सञ्चालक भने रिषिकुमार तुल्स्यान हुन्। २०२० जनवरी २८ मा बनेको टेस्ला मोडल एक्सको प्रज्ञापन पत्रमा तुल्स्यानकै नाम उल्लेख छ। 

Xtrem

Xtrem

गत वर्ष नै वाणिज्य विभाग र भन्सार विभागले आधिकारिक बिक्रेताबारे अध्ययन गरेका थिए। तर उनीहरुले कम्पनीको प्रभावमा परेर हो वा गुगल गर्ने चेस्टासम्म नगरि कम्पनीले पेश गरेको कागजातमा सहीछाप लगाएका थिए। यसबारे अर्थमन्त्रालयले समेत चासो देखाएको थियो। तर वाणिज्य र भन्सार विभागको सहीछापमाथि कुनै जिज्ञासा राखेको पाइएन। 

अडुकियाले हङकङमा दर्ता गरेको कम्पनी एक्सपोर्ट इम्पोर्ट कम्पनी हो। सोही कम्पनीले नेपाली कम्पनी श्रीमा र अरेटीलाई टेस्लाका कार बिक्री गरेको हो। सुरुमा टेस्लाको कार नेपाल ल्याएको वेस्टार ग्यालेक्सीले बेलायतको एक्सपोर्ट इम्पोर्ट कम्पनी जेम्सन कार्टरसँग कार खरिद गरेको थियो। 

प्राय: कम्पनीहरुले एक देशका लागि एकै कम्पनीलाई आधिकारिक बिक्रेता नियुक्त गर्ने गरेका छन्। तर नेपालमा आयात भएका महंगा गाडीहरु भने आयात निर्यातको काम गर्ने कम्पनीले आधिकारिक बिक्रेता दिएको भन्दै ल्याएका कागजमा वाणिज्य र भन्सारले सहीछाप लगाइदिँदा स्थिति जटिल बनेको छ। 

के छ टेस्लाको आधिकारिक बिक्रेता नियुक्त गर्ने नीति
अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला इंकले हालसम्म विश्वभर जहाँ जति पनि गाडी बिक्री गरेको छ, त्यो आफ्नै आउटलेटबाट बिक्री गरेको छ। यसको अर्थ टेस्लाले कुनै पनि कम्पनीलाई आधिकारिक बिक्रेता नियुक्त गरेको छैन। टेस्लाले २०११ मा जारी गरेको कार बिक्री नीति अनुसार उसले गाडी बिक्री गर्ने मुलुकमा आफैं कम्पनी स्थापना गरेर बिक्री गर्ने गरेको छ। 

यो पनि पढ्नुहोस्

 

टेस्ला र अउडीको आधिकारिक प्रमाणपत्र दिने कम्पनी एउटैबिहीबार, माघ १६, २०७६

तर नेपालमा टेस्लाका कार आयाकर्ताहरुले आफू नै आधिकारिक बिक्रेता नियुक्त भएको दाबी गर्दै आएका छन्। अर्कोतर्फ श्रीमा र अरेटी इन्टरनेसनलले कार खरिद गरेको साउथ चाइना एक्जिम लिमिटेड कम्पनीसमेत टेस्लाकाे हङकङका लागि आधिकारिक बिक्रेता होइन।

त्यस्तै गत वर्ष टेस्लाको एउटा कार ल्याएको वेस्टार ग्यालेक्सीले कार किनेको बेलायतको कम्पनी जेम्सन कार्टर नै पनि टेस्लाको आधिकारिक बिक्रेता होइन।

त्यसैले श्रीमा र अरेटीले दाबी गरेजस्तो तेस्रोपक्षीय सम्झौतासमेत साउथ चाइना एक्जिमसँग हुन सक्दैन। यदी यस्तो कागजात पेश गरिएको हो भने त्यो सरासर किर्ते हुने वाणिज्यका एक अधिकारीले बताए। ‘विगतमै पनि सरकारी निकायले एक आपसमा समन्वय गरेर किन्ने र बिक्री गर्ने कम्पनीको गुगलमा विस्तृत अध्ययन गरेको भए यस्तो लफडा हुने थिएन,’ ती अधिकारीले भने, ‘विगतमा ती कम्पनीले गरेको किर्ते कामलाई छोपछाप पार्दा अहिले कर छली हुने अवस्थासम्म पुग्यो।’ 

अरेटीले पछिल्लो पटक साउथ चाइनासँग किनेको ३ वटा टेस्ला मोडल थ्रीको त अन्डर इन्भ्वाइस गरिएको समाचार नेपाल लाइभले नै लेखेको थियो।

यो पनि पढ्नुहोस्

 

सर्वोच्चको साथ पाएपछि टेस्लाको अवैध आयातकर्ताले गर्‍यो ‘अन्डर इनभ्वाइस’मंगलबार, मंसिर १६, २०७७

यसरी कारको वास्तविक मूल्यभन्दा कमको नक्कली बिल बनाएर भन्सारमा पेश गरि अरेटीले लाखौं राजश्व छली गरेको छ। यस्तो प्रवृत्ति बढ्दै गएकाले भन्सार विभाग तथा अर्थमन्त्रालयले यसबारेमा निर्णय नगर्ने हो भने अन्डर इन्भ्वाइस मौलाउने र सेकेन्ड ह्यान्ड कार आउने सम्भावना समेत बढ्छ।

प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  १०:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी लैजान सकिने सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने अभियानमा ग्राहकले ४.३ लाख रुपैयाँ डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्ने कम्पनीले ज... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
त्रिविको बजेट ३० अर्ब ८७ करोड ११ लाख बिहीबार, असोज २२, २०८३
विश्वविद्यालयका परीक्षा र नतिजा एक महिनाभित्र टुंग्याउन शिक्षामन्त्रीको निर्देशन बिहीबार, असोज २२, २०८३
वार्षिक प्रतिवेदन कोशी प्रदेश सभामा पेस गर्ने निर्णय बिहीबार, असोज २२, २०८३
मैले आठ युद्ध रोकेँ, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : डोनाल्ड ट्रम्प बिहीबार, असोज २२, २०८३
विद्युत् महसुल काउन्टरमै तिर्ने ७३ प्रतिशत, सञ्चालन खर्च वार्षिक ६० करोडनजिक बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्