काठमाडाैं- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले संसद् पुनःस्थापनापश्चात् प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने नपर्ने बताएका छन्।
संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको आधारले पनि प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने सरकारका मन्त्री गुरुङले दाबी गरे। सोमबार मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा उनले अदालतको फैसलाको अंश पढेर सुनाएका थिए।
उनले भने, ‘प्रधानमन्त्रीले राजनीमा दिनुहुन्न। राजीनामा दिने कुरा उठाउनेहरुले बरु राजनीतिबाटै सन्यास लिदाँ हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।