काठमाडौं- प्रहरीको केन्द्रीय साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
साइबर ब्यूरोले नक्कली फेसबुक पेज बनाएको आरोपमा कपिलवस्तुको वाणगंगा नगरपालिका–२ घर भई रुपन्देहीको सैनामैना नगरपालिका–६ वस्ने १८ वर्षीय प्रज्वल पोख्रेललाई पक्राउ गरेको हो।
ब्यूरोको लोगो प्रयोग गरेर नक्कली फेसबुक पेज बनाई उनले दुरुपयोग गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको ब्यूरोका प्रवक्ता नवीन्द अर्यालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।