• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मोबाइलको खराब लतमा बालबालिका : कार्टुन नहेरी खाना नै खाँदैनन्

 
64x64
पुष्पा थपलिया सोमबार, फागुन १७, २०७७  ०६:३०
1140x725

काठमाडौं- 'हैन, यो कार्टुनमा के राखेको हुन्छ हँ?, आँखा समेत झिम्क्याउँदैनन् त!,' बालाजु, नयाँबजार बस्ने ५ वर्षीया बालिका कौशिलाकी आमाले झर्किँदै थिइन्। बच्चाले एकनास कार्टुन हेरिरहेकाले टिभीमा कुनै कार्यक्रम हेर्न नपाउँदा चिन्तित थिइन् उनी।

भर्खरै तीन पूरा भएर चार वर्षमा टेक्दै छन्, स्वयम्भुका सौम्य खड्का। तर उनी कार्टुनको दुनियाँमा रमाउन थालेको एक वर्ष भइसक्यो। अहिले उनी कार्टुन नहेरी खाना खानै मान्दैनन्। 

कुलेश्वर घर भएकी सात वर्षीया सनिता महर्जनको पनि हालत यस्तै छ । छोरी जतिखेरै मोबाइलमा झुण्डिन थालेपछि सनिताका बाबु प्रणयमा चिन्ता थपिएको छ। उनी भन्छन्, 'सुरुसुरुमा त छोरी मोबाइल पाएपछि झगडा नगर्ने, एक ठाउँमा बसेर मोबाइल चलाइरहने भएर छाड्यौं। केही समय त साथीहरुलाई हाम्री छोरी तिमीहरुको सन्तानभन्दा ज्ञानी भनेर फूर्ती पनि लगायौं तर अहिले तनाव भइरहेको छ। 

प्रणय मात्रै होइन, उनका साथी सन्तोष मानन्धर पनि छोराका कारण चिन्तामा छन्। सुरुमा छोराले मोबाइलको स्क्रिन छुँदा पनि छोयो-छोयो भनेर खुसी भइयो, अहिले छोरोले स्क्रिन छोला कि भनेर डराउनु परेको छ।

गेमको त कुरै छोडौं, मोबाइल मात्रै चलाउनु पनि एक प्रसारको नशा हो। यो नशा बालबालिकामा मात्रै होइन, अभिभावकमा समेत बसिसकेको छ।

सन्तोषका अनुसार बच्चाले मोबाइल चलाउनुमा अभिभावककै बढी हात हुन्छ। उनले भने, 'सुरुमा छोराले मोबाइल चलाउँदा वैज्ञानिक बन्न लागेको जसरी हामी नै हौसला दिन्छौं, पछि उसैले हामीलाई पनि मोबाइल चलाउन सिकाउने हुन्छ। त्यो समयमा हामी छोराछोरीले के-के न जानेजसरी गर्वले छात्ती चौडा बनाउँछौं, त्यसैको फाइदा उनीहरु उठाउँछन्।'

आफू पनि मोबाइलमा व्यस्त हुने अनि बालबालिकालाई पनि मोबाइल खेल्न दिने अभिभावकको संख्या बढिरहेको बताउँछिन् कीर्तिपुरकी सबिता श्रेष्ठ। अभिभावकसँगै विस्तारैविस्तारै मोबाइल खेलाउने बालबालिकामा लत बस्न थाल्छ। अहिले त झनै शिक्षकले अनलाइनमा पढाउन थालेपछि नचलाउ भन्न समेत नसकेको उनको भनाइ छ।

यसरी मोबाइलको लत लागेको देख्दैमा कामेको अभिभावको मन, अहिले झन अताल्लिएको छ। कारण हो, स्कुलले समेत अनलाइनमा पढाउन थाल्नु।

Ncell 2
Ncell 2
nimb
nimb

एकान्तकुनाकी सुरबिना पन्तले भनिन्, 'अहिले त मोबाइल नचलाओ भन्दा पनि उल्टै सरले यस्तो हेर, उस्तो हेर भनेको छ भन्छन्। केही भन्नै सकिएन।'

परिपक्व मस्तिष्कमा समेत प्रभाव पार्ने यस्ता गेम र मोबाइलको लतले कलिलो मस्तिष्कमा कस्तो असर पार्ला त? एक बालस्वास्थ्य विशेषज्ञ भन्छिन्, 'गेमको त कुरै छोडौं, मोबाइल मात्रै चलाउनु पनि एक प्रसारको नशा हो। यो नशा बालबालिकामा मात्रै होइन, अभिभावकमा समेत बसिसकेको छ।'

उनले भनिन्, 'हामी अभिभावक आफैं पनि बिना काम मोबाइल हेरिरहने, अझै मोबाइल घरमै छाडेर गए पनि बारम्बार खल्ती छामिरहने, भाइब्रेसनको फिल गरिरहने जस्ता हर्कत गरिरहन्छौं।'

उनका अनुसार, जसरी नशालु पदार्थ सेवन गर्दा शरीरमा विभिन्न खालको असर देखिन्छ, मोबाइल चलाउँदा पनि बालबालिकाको शरीरमा त्यस्तै असर देखिन्छ।

सुरुमा मोबाइल चलाउँदा मस्तिष्कले केमिकल रिलिज गर्छ र त्यसले उनीहरुलाई खुसी बनाउने खालको हर्मोन बनाइदिन्छ। जसले गर्दा सुरुवातको समयमा मोबाइल चलाउँदा बालबालिका खुसी हुन्छन् लगातार चलाएपछि ब्रेन सुस्त हुँदै जान्छ।

'सुरुमा मोबाइल चलाउँदा मस्तिष्कले केमिकल रिलिज गर्छ र त्यसले उनीहरुलाई खुसी बनाउने खालको हर्मोन बनाइदिन्छ। जसले गर्दा सुरुवातको समयमा मोबाइल चलाउँदा बालबालिका खुसी हुन्छन् लगातार चलाएपछि ब्रेन सुस्त हुँदै जान्छ,' उनले भनिन्।

उनका अनुसार लगातार मोबाइल हेरिरहदा आँखाको मसल थाक्ने, आँसु आउने, राम्रोसँग हेर्न नसक्ने, चिलाउने जस्ता समस्या हुनजान्छ। लामो समयसम्म मोबाइल हेरिरहँदा मोबाइलबाट निस्कने रेडिसनले आँखालाई अन्धो समेत बनाउन सक्छ। 

एकै ठाँउमा बसेर मोबाइल हेरेर खाना खाँदा मोटोपनको सिकार हुने, समयमा खाना नखाइदिने हुँदा बालबालिका शारीरिक रुपमा दुब्लो हुने सम्भावना पनि बढ्नसक्ने बाल चिकित्सकहरु बताउँछन्।

धेरै मोबाइल हेर्ने बानी भएका बालबालिकामा डिप्रेसनसम्म हुनसक्ने सम्भावना हुने उनीहरुको दावी छ। अलि ठूला बालबालिकाको हकमा कुरा गर्ने हो भने मोबाइलले गर्दा एक्लै बस्ने, आफ्नो परिवारको सदस्यसँग कुरा नगर्ने जस्ता समस्या देखिन सक्छ।

बालबालिकाले सबै कुरा आफूभन्दा ठूला व्यक्तिहसँग सिक्दै जाने हो। बाल्यकालको समय  मानसिक, शारीरिक र सामाजिक रुपमा पनि विकास हुनुपर्ने समय पनि हो। तर यस्तो महत्वपूर्ण समयमा बालबालिकाले मोबाइल हेर्ने हो भने धेरै कुरामा समस्या देखिने बताउँछिन् बालमनोविज्ञ गंगा पाठक।

उनले भनिन्, 'मोबाइल खेल्न दिएपछि बोल्न जरुरी हुँदैन जसले गर्दा बालबालिकामा बोलीको विकास हुँदैन। हिँडाइमा समस्या हुन्छ। जति बालबालिकाको उमेर अनुसार विकास हुनुपर्ने हो त्यति हुँदैन।' 

बालबालिकाको शरीर र मस्तिष्क विकासका लागि जति खेल्ने सक्यो, जति मानिसको हुलमुलमा रम्न सक्यो त्यति विकास हुने भएकाले पनि यसले शारीरिक तथा मानसिक समस्या देखिने पाठक बताउँछिन्। मोबाइल दिएका बालबालिका एकै ठाँउमा बसेर हेरिरहने  र कसैसँग घुलमिलको मौका नपाउने हुनाले उनीहरुलाई सोसल हुन समेत असर पर्ने उनी बताउँछिन्।

कसरी छुटाउने यो लत?
लत बसेपछि मात्रै मोबाइलले विभिन्न नकारात्मक असर देखाउने गर्छ। समय मिलाएर बालबालिकालाई मनोरञ्जनका लागि मात्रै मोबाइल दिने हो भने समस्याबाट जोगिन सकिन्छ। 

मोबाइलको लत बसेका बालबालिकालाई एकै पटक सामान्य अवस्थामा फर्काउन भने निकै गाह्रो हुने बाल मनोचिकित्सक पाठक बताउँछिन्। यदि तपाईँको बालबालिकामा मोबाइल चलाउने लत बसेको छ भने एकै पटक छुटाउने कोसिस नगरी विस्तारै छुटाउनुपर्ने पनि उनको भनाइ छ।

समय मिलाएर बालबालिकालाई मनोरञ्जनका लागि मात्रै मोबाइल दिने हो भने समस्याबाट जोगिन सकिन्छ।

लत छुटाउँदा बालबालिकालाई मोबाइल खोसेर राखिदिने हैन, उनीहरुसँग समय बिताउने, उसका साथीहरुसँग समय बिताउन दिने, नयाँनयाँ र आकर्षक किताबहरु किनेर ल्याइदिने जस्ता कामहरु गर्न पाठकको सुझाव छ। 

मोबाइलको सट्टा बालबालिकालाई अन्य खेल्ने कुरा किनिदिन पनि सकिन्छ। उनीहरुलाई चित्रहरु कोर्न दिने, कागजबाट आकर्षक हस्तकलाका सामान बनाउने वातावरण मिलाइदिने गर्नाले पनि बालबालिकाको मोबाइलको लत विस्तारै छुट्न सक्ने पाठकको भनाइ छ।

अभिभावकहरु आफ्ना बालबालिकाको अवस्था कस्तो भन्ने बुझ्न विद्यालय जाने चलन निकै कम छ। पाठकले भनिन्, 'आफ्ना बच्चालाई ध्यान दिन समयसमयमा उनीहरुको विद्यालय गइरहनु पर्छ।' विद्यालयले पनि मोबाइल प्रयोग गर्दा बालबालिकामा पार्ने नकारात्मक असरको बारेमा जानकारी गराउन विशेष कक्षाहरु राख्नुपर्ने उनी बताउँछिन्। 

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्