• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १५, २०८२ Sun, Jun 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
मोबाइलको खराब लतमा बालबालिका : कार्टुन नहेरी खाना नै खाँदैनन्  
64x64
पुष्पा थपलिया सोमबार, फागुन १७, २०७७  ०६:३०
1140x725

काठमाडौं- 'हैन, यो कार्टुनमा के राखेको हुन्छ हँ?, आँखा समेत झिम्क्याउँदैनन् त!,' बालाजु, नयाँबजार बस्ने ५ वर्षीया बालिका कौशिलाकी आमाले झर्किँदै थिइन्। बच्चाले एकनास कार्टुन हेरिरहेकाले टिभीमा कुनै कार्यक्रम हेर्न नपाउँदा चिन्तित थिइन् उनी।

भर्खरै तीन पूरा भएर चार वर्षमा टेक्दै छन्, स्वयम्भुका सौम्य खड्का। तर उनी कार्टुनको दुनियाँमा रमाउन थालेको एक वर्ष भइसक्यो। अहिले उनी कार्टुन नहेरी खाना खानै मान्दैनन्। 

कुलेश्वर घर भएकी सात वर्षीया सनिता महर्जनको पनि हालत यस्तै छ । छोरी जतिखेरै मोबाइलमा झुण्डिन थालेपछि सनिताका बाबु प्रणयमा चिन्ता थपिएको छ। उनी भन्छन्, 'सुरुसुरुमा त छोरी मोबाइल पाएपछि झगडा नगर्ने, एक ठाउँमा बसेर मोबाइल चलाइरहने भएर छाड्यौं। केही समय त साथीहरुलाई हाम्री छोरी तिमीहरुको सन्तानभन्दा ज्ञानी भनेर फूर्ती पनि लगायौं तर अहिले तनाव भइरहेको छ। 

प्रणय मात्रै होइन, उनका साथी सन्तोष मानन्धर पनि छोराका कारण चिन्तामा छन्। सुरुमा छोराले मोबाइलको स्क्रिन छुँदा पनि छोयो-छोयो भनेर खुसी भइयो, अहिले छोरोले स्क्रिन छोला कि भनेर डराउनु परेको छ।

गेमको त कुरै छोडौं, मोबाइल मात्रै चलाउनु पनि एक प्रसारको नशा हो। यो नशा बालबालिकामा मात्रै होइन, अभिभावकमा समेत बसिसकेको छ।

सन्तोषका अनुसार बच्चाले मोबाइल चलाउनुमा अभिभावककै बढी हात हुन्छ। उनले भने, 'सुरुमा छोराले मोबाइल चलाउँदा वैज्ञानिक बन्न लागेको जसरी हामी नै हौसला दिन्छौं, पछि उसैले हामीलाई पनि मोबाइल चलाउन सिकाउने हुन्छ। त्यो समयमा हामी छोराछोरीले के-के न जानेजसरी गर्वले छात्ती चौडा बनाउँछौं, त्यसैको फाइदा उनीहरु उठाउँछन्।'

आफू पनि मोबाइलमा व्यस्त हुने अनि बालबालिकालाई पनि मोबाइल खेल्न दिने अभिभावकको संख्या बढिरहेको बताउँछिन् कीर्तिपुरकी सबिता श्रेष्ठ। अभिभावकसँगै विस्तारैविस्तारै मोबाइल खेलाउने बालबालिकामा लत बस्न थाल्छ। अहिले त झनै शिक्षकले अनलाइनमा पढाउन थालेपछि नचलाउ भन्न समेत नसकेको उनको भनाइ छ।

यसरी मोबाइलको लत लागेको देख्दैमा कामेको अभिभावको मन, अहिले झन अताल्लिएको छ। कारण हो, स्कुलले समेत अनलाइनमा पढाउन थाल्नु।

Ncell 2
Ncell 2

एकान्तकुनाकी सुरबिना पन्तले भनिन्, 'अहिले त मोबाइल नचलाओ भन्दा पनि उल्टै सरले यस्तो हेर, उस्तो हेर भनेको छ भन्छन्। केही भन्नै सकिएन।'

परिपक्व मस्तिष्कमा समेत प्रभाव पार्ने यस्ता गेम र मोबाइलको लतले कलिलो मस्तिष्कमा कस्तो असर पार्ला त? एक बालस्वास्थ्य विशेषज्ञ भन्छिन्, 'गेमको त कुरै छोडौं, मोबाइल मात्रै चलाउनु पनि एक प्रसारको नशा हो। यो नशा बालबालिकामा मात्रै होइन, अभिभावकमा समेत बसिसकेको छ।'

उनले भनिन्, 'हामी अभिभावक आफैं पनि बिना काम मोबाइल हेरिरहने, अझै मोबाइल घरमै छाडेर गए पनि बारम्बार खल्ती छामिरहने, भाइब्रेसनको फिल गरिरहने जस्ता हर्कत गरिरहन्छौं।'

उनका अनुसार, जसरी नशालु पदार्थ सेवन गर्दा शरीरमा विभिन्न खालको असर देखिन्छ, मोबाइल चलाउँदा पनि बालबालिकाको शरीरमा त्यस्तै असर देखिन्छ।

सुरुमा मोबाइल चलाउँदा मस्तिष्कले केमिकल रिलिज गर्छ र त्यसले उनीहरुलाई खुसी बनाउने खालको हर्मोन बनाइदिन्छ। जसले गर्दा सुरुवातको समयमा मोबाइल चलाउँदा बालबालिका खुसी हुन्छन् लगातार चलाएपछि ब्रेन सुस्त हुँदै जान्छ।

'सुरुमा मोबाइल चलाउँदा मस्तिष्कले केमिकल रिलिज गर्छ र त्यसले उनीहरुलाई खुसी बनाउने खालको हर्मोन बनाइदिन्छ। जसले गर्दा सुरुवातको समयमा मोबाइल चलाउँदा बालबालिका खुसी हुन्छन् लगातार चलाएपछि ब्रेन सुस्त हुँदै जान्छ,' उनले भनिन्।

उनका अनुसार लगातार मोबाइल हेरिरहदा आँखाको मसल थाक्ने, आँसु आउने, राम्रोसँग हेर्न नसक्ने, चिलाउने जस्ता समस्या हुनजान्छ। लामो समयसम्म मोबाइल हेरिरहँदा मोबाइलबाट निस्कने रेडिसनले आँखालाई अन्धो समेत बनाउन सक्छ। 

एकै ठाँउमा बसेर मोबाइल हेरेर खाना खाँदा मोटोपनको सिकार हुने, समयमा खाना नखाइदिने हुँदा बालबालिका शारीरिक रुपमा दुब्लो हुने सम्भावना पनि बढ्नसक्ने बाल चिकित्सकहरु बताउँछन्।

धेरै मोबाइल हेर्ने बानी भएका बालबालिकामा डिप्रेसनसम्म हुनसक्ने सम्भावना हुने उनीहरुको दावी छ। अलि ठूला बालबालिकाको हकमा कुरा गर्ने हो भने मोबाइलले गर्दा एक्लै बस्ने, आफ्नो परिवारको सदस्यसँग कुरा नगर्ने जस्ता समस्या देखिन सक्छ।

बालबालिकाले सबै कुरा आफूभन्दा ठूला व्यक्तिहसँग सिक्दै जाने हो। बाल्यकालको समय  मानसिक, शारीरिक र सामाजिक रुपमा पनि विकास हुनुपर्ने समय पनि हो। तर यस्तो महत्वपूर्ण समयमा बालबालिकाले मोबाइल हेर्ने हो भने धेरै कुरामा समस्या देखिने बताउँछिन् बालमनोविज्ञ गंगा पाठक।

उनले भनिन्, 'मोबाइल खेल्न दिएपछि बोल्न जरुरी हुँदैन जसले गर्दा बालबालिकामा बोलीको विकास हुँदैन। हिँडाइमा समस्या हुन्छ। जति बालबालिकाको उमेर अनुसार विकास हुनुपर्ने हो त्यति हुँदैन।' 

बालबालिकाको शरीर र मस्तिष्क विकासका लागि जति खेल्ने सक्यो, जति मानिसको हुलमुलमा रम्न सक्यो त्यति विकास हुने भएकाले पनि यसले शारीरिक तथा मानसिक समस्या देखिने पाठक बताउँछिन्। मोबाइल दिएका बालबालिका एकै ठाँउमा बसेर हेरिरहने  र कसैसँग घुलमिलको मौका नपाउने हुनाले उनीहरुलाई सोसल हुन समेत असर पर्ने उनी बताउँछिन्।

कसरी छुटाउने यो लत?
लत बसेपछि मात्रै मोबाइलले विभिन्न नकारात्मक असर देखाउने गर्छ। समय मिलाएर बालबालिकालाई मनोरञ्जनका लागि मात्रै मोबाइल दिने हो भने समस्याबाट जोगिन सकिन्छ। 

मोबाइलको लत बसेका बालबालिकालाई एकै पटक सामान्य अवस्थामा फर्काउन भने निकै गाह्रो हुने बाल मनोचिकित्सक पाठक बताउँछिन्। यदि तपाईँको बालबालिकामा मोबाइल चलाउने लत बसेको छ भने एकै पटक छुटाउने कोसिस नगरी विस्तारै छुटाउनुपर्ने पनि उनको भनाइ छ।

समय मिलाएर बालबालिकालाई मनोरञ्जनका लागि मात्रै मोबाइल दिने हो भने समस्याबाट जोगिन सकिन्छ।

लत छुटाउँदा बालबालिकालाई मोबाइल खोसेर राखिदिने हैन, उनीहरुसँग समय बिताउने, उसका साथीहरुसँग समय बिताउन दिने, नयाँनयाँ र आकर्षक किताबहरु किनेर ल्याइदिने जस्ता कामहरु गर्न पाठकको सुझाव छ। 

मोबाइलको सट्टा बालबालिकालाई अन्य खेल्ने कुरा किनिदिन पनि सकिन्छ। उनीहरुलाई चित्रहरु कोर्न दिने, कागजबाट आकर्षक हस्तकलाका सामान बनाउने वातावरण मिलाइदिने गर्नाले पनि बालबालिकाको मोबाइलको लत विस्तारै छुट्न सक्ने पाठकको भनाइ छ।

अभिभावकहरु आफ्ना बालबालिकाको अवस्था कस्तो भन्ने बुझ्न विद्यालय जाने चलन निकै कम छ। पाठकले भनिन्, 'आफ्ना बच्चालाई ध्यान दिन समयसमयमा उनीहरुको विद्यालय गइरहनु पर्छ।' विद्यालयले पनि मोबाइल प्रयोग गर्दा बालबालिकामा पार्ने नकारात्मक असरको बारेमा जानकारी गराउन विशेष कक्षाहरु राख्नुपर्ने उनी बताउँछिन्। 

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
राजनीतिमा फर्किएको पूर्वराष्ट्रपति भण्डारीको उद्घोष शनिबार, असार १४, २०८२
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई शनिबार, असार १४, २०८२
प्रधानमन्त्री ओली स्पेन प्रस्थान शनिबार, असार १४, २०८२
इजरायलको पछिल्लो आक्रमणमा परी गाजामा ३९ जना प्यालेस्टिनीको मृत्यु शनिबार, असार १४, २०८२
प्रतिनिधिसभाबाट नेपाल नागरिकता विधेयक पारित शनिबार, असार १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
जापानमा आफ्नो अपार्टमेन्टमा ९ जनालाई मारेर टुक्रा पारेको हत्या अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड शुक्रबार, असार १३, २०८२
अमेरिकी अड्डाहरूलाई फेरि निशाना बनाउने इरानका सर्वोच्च नेताको धम्की शुक्रबार, असार १३, २०८२
१० करोडको चेक बाउन्समा ‘काठमाडौं भ्यू टावर’का ठेकेदार भेटवाल पक्राउ शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
अमलालाई अदालत लगियो,आजै थुनछेक बहस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्