• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
रोकिएन लागुऔषध तस्करी
64x64
रासस आइतबार, फागुन १६, २०७७  ०८:५५
1140x725

काभ्रे– मध्यपहाडी क्षेत्रबाट बिपी राजमार्ग प्रयोग गरी हुँदै आएको प्रतिबन्धित लागुऔषध तस्करी रोकिएको छैन। छिमेकी पूर्वी–तराई क्षेत्रबाट शृङ्खलाबद्ध रुपमा हुँदै आएको तस्करीका केही घटनामा मात्रै प्रहरी सफल भएको पाइएको छ।

गत बिहीबार दिउँसो झापाबाट मध्यपडाहीस्थित बिपी राजमार्ग हुँदै काठमाडाैं आउँदै गरेको हायस गाडीमा सप्तरीको सुरुङ्गा नगरपालिका–१० का २२ वर्षीय धर्मेन्द्रकुमार रामलाई ठूलो मात्रामा प्रतिबन्धित लागुऔषधसहित काभ्रेपलाञ्चोकको इलाका प्रहरी कार्यालय मङ्गलटारको प्रहरीले पक्राउ गर्‍यो। उनको साथबाट प्रहरीले विभिन्न थरिका ७४५ प्रतिबन्धित लागुऔषधका क्याप्सुल बरामद गरेको थियो। प्रहरीले रामको जिल्ला अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको जनाएको छ।

एक महिनाअघि अर्थात् गत माघ १२ गते प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ तथा लागुऔषध इन्जेक्सनसहित दुई जनालाई बिपी राजमार्गस्थित इलाका प्रहरी कार्यालय मङ्गलटारले नै पक्राउ गर्‍यो। काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–३ का १९ वर्षीय शम्शेर घिसिङ र सुनसरी धरान उपमहानगरपालिका–२ का २७  वर्षीय अजित कामतलाई पूर्वबाट बिपी राजमार्ग हुँदै काठमाडाैं आइरहेको अवस्थामा मङ्गलटारमा सवारी जाँचका क्रममा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो।

उनीहरुका साथबाट ‘नाइट्राभेट–१०’ नामक लागुऔषध २८ पत्ता (८४० ट्याब्लेट), डाइजापान इन्जेक्सन १० थान, बुप्रिनोर्फिन १० थान, फोनारागन १० थान बरामद भएको प्रहरीले जनाएको छ। 

गत वर्ष फागुन दोस्रो सातायता कोरोना भाइरसको सन्त्रासपछि करिब एक वर्ष कुनै लागुऔषध तस्करीका घटना बाहिर आएनन्। घटनाक्रमले गत माघदेखि प्रतिबन्धित लागुऔषध तस्कर पुनः सक्रिय भएको देखाएको छ। यी दुई घटनामा तस्करले लागुऔषध काठमाडाैं लैजान लागेको बयान दिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले प्रतिबन्धित लागुऔषध कारोवारीको निगरानी÷खोजीकार्य तीव्ररूपमा गरिएको बताए। ‘घटनाले एक वर्षपछि प्रतिबन्धित लागुऔषध कारोवारी पुनः सक्रिय भएको पाइयो, हामी विशेष निगरानीमा छौँ’, उनले भने।

घटना विवरणअनुसार प्रहरीले गत वर्ष फागुन दोस्रो साता पनौती नगरपालिका–६ स्थित एक घरमा डेरा गरी बस्ने ३२ वर्षीया शुभद्रा तिमल्सिनाको कोठाबाट लुकाइछिपाइ राखेको प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ २७९ ट्याब्लेट बरामद गरेको थियो। त्यसको केही महिनाअघि विराटनगरबाट बिपी राजमार्ग हुँदै बनेपा आउँदै गरेको गाडीमा खानतलासी गर्दा सुनसरी र भारतको कानपुरस्थित युपीका दुई युवालाई लागुऔषध ‘नाइट्राभेट–१०’ ७५० चक्कीसहित पक्राउ गरी लागुऔषध ऐन–२०३३ अनुसार मुद्दा चलाएको थियो।

सोही हप्ता आसपास इलाका प्रहरी कार्यालय बनेपाले पनि सुराकीकै आधारमा नाइट्राभेट–१० नामक औषधिको १५७ पत्तासहित बनेपा नपाकै विभिन्न स्थानबाट विभिन्न मितिमा १३ युवालाई पक्राउ गरी मुद्दा चलायो। प्रहरीले ती घटनामा सुराकीका भरमा मात्रै जाँच गरी लागुऔषध बरामद तथा ओसापसारकर्ता पक्राउ गरी सार्वजनिक गरेको पाइयो। 

प्रहरीको प्रतिवेदनमा बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास) बाट लागुऔषध ओसारपसार हुने गरेको उल्लेख गरिएको छ। प्रहरीको तथ्याङ्कअनुसार विशेषगरी ‘टिनएजर्स’ यसको तस्करी र प्रयोगकर्ताका रूपमा देखिएको छ। एक वर्षपछि मात्रै लागुऔषध बरामद हुनुले प्रहरीले नियमित सवारी जाँचमा सक्रिय नभएकाले कारोवार फस्टाउँदै गएको आशङ्कासमेत पैदा भएको छ।

पछिल्ला घटनाले तराईसँग छोटो दूरीका रूपमा रहेको बिपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको देखिएकाले उक्त राजमार्गमा निगरानी बढाइएको जिल्ला प्रहरी प्रमुख खत्रीले बताए। 

यसअघि पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागुऔषध सङ्कलन गरी जिल्लाको मुख्य व्यापारिक केन्द्र बनेपा र आसपासका शहर तथा काठमाडाैंमा बिक्री गर्दै आएको तथा लागुऔषध विशेषगरी युवापुस्ताले प्रयोग गरेको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये अधिकांशले ‘ब्रोकर÷क्यारिङ’ बनेर काम गरिरहेको बयान दिएका छन्।

प्रहरीको अनुसन्धानबाट अवैध लागुऔषध नाइट्राभेट प्रतिचक्की रु एक हजारदेखि एक हजार ५०० सम्ममा बिक्री हुने गरेको खुलेको छ। नाइट्राभेट–१० एक पत्तामा १५ चक्की हुन्छ। 

छिमेकी देश भारतमा निद्रा नलाग्दा प्रयोग गरिने नाइट्राभेट–१० नेपालमा केही वर्षदेखि प्रतिबन्धित औषधि हो। प्रहरीको तथ्याङ्कअनुसार बितेको पाँच वर्षमा लागुऔषध ओसारपसारसम्बन्धी ३५ मुद्दा दर्ता भएका छन्। ती मुद्दामा ६४ जना पक्राउ परेका छन्।

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  ०८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बाल... आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए। घटना राति स... आइतबार, असार २२, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको घटनामा उनीविरुद्ध  सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएक... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
शाहीको प्रश्न : जीबी राई कहाँ छन् ? गृहमन्त्री कुन दुलोमा लुकेर बस्नु भएको छ ? मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट: ५० जनाको उद्धार मंगलबार, असार २४, २०८२
रास्वपाले बहिस्कार गर्‍यो प्रतिनिधिसभा बैठक मंगलबार, असार २४, २०८२
रसुवा बाढीका कारण चार हाइड्रोपावरमा क्षति, २५० मेगावाट उत्पादन प्रभावित मंगलबार, असार २४, २०८२
प्रधानन्यायाधीशद्वारा तीन न्यायाधीशलाई शपथ मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्