काठमाडाैं– साविक विजेता युभेन्टस इटालियन सिरि ए फुटबलमा बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा युभेन्टस हेल्लास भरोनासँग १–१ गोलको बराबरीमा रोकिएको हो।
घरेलु टिमविरुद्ध युभेन्टसका क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि जितको लागि पर्याप्त बने। भरोनाका लागि भने एन्टोनिन बाराकले गोल गरे। युभेन्टसले पहिलो हाफसम्म भरोनासँग गोलरहित बराबरी खेलेको थियो।
रोनाल्डोले ४९ औं मिनेटमा गोल गर्दै युभेन्टसलाई १–० गोलको अग्रता दिलाए। तर खेलको ७७ औं मिनेटमा बाराकले गोल गर्दै भरोनालाई १–१ गोलको बराबरी दिलाए।
इटालियन सिरि ए फुटबलमा बोलोग्नाले लाजियोलाई २–० गोलअन्तरले पराजित गरेको –० गोलअन्तरले पराजित गरेको छ। यता, स्पेजिया र पर्माले भने २–२ गोलको बराबरी खेलेका छन्।
तेस्रो स्थानमा रहेको युभेन्टसको बराबरीसँग २३ खेलबाट ४६ अंक भएको छ। भरोनाको भने २४ खेलबाट ३५ अंक छ। लिगको शीर्ष स्थानमा रहेको इन्टर मिलानको २३ खेलबाट ५३ अंक हुँदा दोस्रो स्थानको एसी मिलानको २३ खेलबाट ४९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।