धनगढी– कैलालीको गोदावरी नगरपालिका–५ स्थित गेटा मेडिकल कलेज नजिकै एक युवक मृत फेला परेकाे छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिबार निर्माणाधिन नालामा ३६ वर्षीय शिवचरण रानाको शव फेला परेको हाे।
आँखा अस्पताल नजिकै पसल सञ्चालन गर्दै आएका रानाको टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएकाले हत्या गरिएको हुनसक्ने आशंका प्रहरीले जनाएकाे छ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपसम्सेर जवरा, ईलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीको नेतृत्वमा प्रहरी टोली खटिएको छ।
धनगढीबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसमेत घटनास्थलमा लगिएको प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।