काठमाडौं– विद्युत वितरण प्रणाली मर्मत सम्भारको काम गर्न भन्दै नेपाल विद्युत प्राधिकरणले उपत्यकाका विभिन्न स्थानमा शनिबार दिनभर बत्ती काटेको छ। प्राधिकरणको महाराजगञ्ज, किर्तीपुर र पुल्चोक वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा आज दिनभरी बत्ती हुनेछैन।
प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको सामाखुशी फिडर अन्तर्गत पर्ने बानियाटार र इन्द्रणी पुल क्षेत्रमा ट्रान्सफर्मर मर्मतसम्भार कार्यका लागि आज बिहान ११ बजेदेखि दिउँसो साढे ३ बजेसम्म बत्ती काटिएको छ। उक्त फिडर सटडाउनमा राखेर मर्मतसम्भारको काम गर्नुपर्ने भएपछि गोंगबु, सामाखुशी, बानियाटार, भण्डारीटोल लगायतका क्षेत्रहरुमा बत्ती हुनेछैन।
त्यस्तै महाराजगञ्ज वितरण केन्द्र कै महाराजगञ्ज, कपनमार्ग, पीपलबोट, गंगालाल अस्पताल क्षेत्रमा पनि बत्ती काटिएको छ। महाराज वितरण केन्द्रको शिवपुरी फिडरअन्तर्गत पर्ने डाँडागाउ, पासिकोट, भष्मस्थली, टोखा, पंचेटार, मेगासिटी, ढलमलटार क्षेत्रमा पनि बत्ती छैन।
प्राधिकरणको दिएको जानकारीअनुसार शनीबार किर्तीपुर वितरण केन्द्रभित्र पर्ने विभिन्न स्थानमा पनि बत्ती काटिएको छ। किर्तीपुर फिडर अन्तर्गत पर्ने त्रिभुवन विश्वविद्यालय परिसरमा ११ के भी लाइनको नाङ्गो तार हटाई कभर कन्डक्टर राख्न र स्वीच जडान कार्यको लागि शनिबार बिहान ११ बजेदेखी बेलुका ५ बजेसम्म बत्ती काटिएको छ।
जसकारण उक्त फिडरअन्तर्गत वितरित स्थानहरु बल्खु, खसीबजार, सिता पेट्रोल पम्प , परिक्ष निण्न्त्रण कार्यालय, कुमारी क्लब, भगवती मन्दिर र त्रिभुवन बिश्वबिध्यलयको सम्पूर्ण कार्यालय हरुमा बिधुत आपूर्ति बन्द भएको छ।
त्यस्तै पुल्चोक वितरण केन्द्रको टेकु–पुल्चोक फिडरअन्तर्गत पर्ने झम्सिखेल क्षेत्रमा ११ केभि विद्युत फ्युज बदल्नुपर्ने भएपछि बिहान विद्युत काटिएको प्राधिकरणले जनाएको छ। जरकारण सो फिडरअन्तर्गत वितरित स्थानहरु पुल्चोक, प्रधान सेनापति कुवाटर, ठाडोढुंगा, हरिहर भवन लगायतका क्षेत्रहरुमा बत्ती काटिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।