• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २९, २०८२ Sat, Nov 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

बार्सिलोनामा फातीको प्रतीक्षा

64x64
नेपाल लाइभ शनिबार, फागुन १५, २०७७  १०:५६
1140x725

काठमाडौं- स्पेनिस क्लब बार्सिलोनामा अन्सु फातीको प्रतीक्षा बढिरहेको छ। २०२० को नोभेम्बर ७ मा रियल बेटिसविरुद्धको खेलमा चोटमा परेका फातीको मैदानबाहिरको समय जति बढिरहेको छ उति नै समर्थक उनको भूमिका मैदानमा खोजिरहेका छन्।  

चोटका कारण मैदानबाहिर हुनुअघि फातीले ला लिगाका सात खेलमा चार गोल र एक असिस्ट साथै च्याम्पियन्स लिगका तीन खेलमा एक गोल र तीन असिस्ट गरिसकेका थिए। यसले बार्सिलोनामा यो सिजन फातीको भूमिका केन्द्रमा रहने देखिएको थियो। तर उनी देब्रे घुँडाको चोटले पीडामा परे। 

फाती मैदानबाहिर रहँदा पनि विश्व खेलकुद जगतमा फेरि एकपटक चर्चामा छन्। लोरियस वल्र्ड स्पोर्टस् अवार्डमा फाती ‘वल्र्ड ब्रेकथ्रु अफ दि इयर’ अवार्डका लागि मनोनयनमा परेका छन्। जसमा फुटबलबाट मनोयनमा परेका खेलाडी फाती मात्रै हुन्। 

अहिले चोटबाट फाती जहिले मैदान फर्कन्छन् भन्ने अनुमान गरिएको थियो त्यो समय अझ पर सरिरहेको छ। जसले बार्सिलोना समर्थक उनको कमि महसुस गरिरहेका छन्। ला लिगामा बार्सिलोना तेस्रो स्थानमा रहेको छ। च्याम्पियन्स लिग अन्तिम १६ को खेलमा पिएसजीसँग पहिलो लेगमा ४–१ ले पछि छ। यस्तोमा गोलमा बढ्न देखिएको कमि फाती हुँदा मिल्ने अपेक्षा उनको खेलले देखाएको पनि हो। 

अन्सु फाती फुटबल जगतमा छिटो चम्किएका खेलाडी हुन्। जति उनी आफैले सोचेका थिएनन्। हुन त विश्वकै उत्कृष्ट मध्येको क्लब बार्सिलोनामा पाउने अवसरलाई यी किशोर खेलाडीले सहजै कसरी सोचुन् पनि। 

बलमा देखिने तीब्रता, बल अघि बढाउने गजवको शैली र गोलका लागि गर्ने प्रहार कुनैमा पनि फाती १८ वर्षका मात्रै लाग्दैनन्। बल आफ्नो नियन्त्रणमा रहँदा विश्वस्त देखिने फातीको आत्मविश्वास मैदानमा गजवको देखिन्छ। उनले यही समयमा देखाएको फुटबल बुझाइले अबको दशक फुटबल जगतमा फातीको पर्खाइ चलिरहनेछ। जसरी गएको दशक क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको हरेक खेलमा भयो। 

सन् २००९ को डिसेम्बरमा लियोनल मेस्सीले पहिलो बालोन डि’ओर जित्दा ७ वर्षका अन्सु फातीको फुटबल देखिने गरी बल्ल सुरु भएको थियो। अहिले उनै मेस्सीसँग पास मिलाउन फातीले एउटै मैदान पाएका छन्। मेस्सी अझै थाकिसकेका छैनन्, तर अबको समयमा फाती जस्ता केही युवा खेलाडीले नयाँ स्थान पक्कै बनाउने छन्। 

अहिले भविष्य देखिएका युवा खेलाडीहरु एथ्लेटिको मड्रिडबाट खेल्ने पोर्चुगलका योआओ फेलिक्स, बोरुसिया डर्टमुन्डबाट खेल्ने इंग्ल्यान्डका जडन सान्चो, चेल्सीबाट खेल्ने जर्मनीका के हाभेट्ज, रियल मड्रिडमा रहेका ब्राजिलका भिनिसियस जुनियर, म्यानचेस्टर सिटीमा रहेका इंग्ल्यान्डका फिल फोडेन जस्ता खेलाडीसँगै बढिरहेका छन् अन्सु फाती। 
गिनी बिसाउमा जन्मिएका फाती आफ्नो बुबासँगै ६ वर्षको उमेरमा नै स्पेन गएका हुन्। उनी २०१० देखि दुई वर्ष सेभियाको युवा टिममा रहे। २०१२ मा बार्सिलोना ‘बी’ टिममा सामेल भएका उनले सानो उमेरमा नै आफ्नो क्षमता देखाउन सके। 

Ncell 2
Ncell 2

अन्सु फातीका बुबा बोरी फाती पनि पहिलेका फुटबल खेलाडी नै हुन्। साथै उनका दुई दाइहरु ब्राइमा र मिग्वेल पनि फुटबल खेलाडी हुन्। फातीका बुबा स्पेन आउनुअघि कामको खोजीमा गिनि बिसाउबाट पोर्चुगल पुगेका थिए। जहाँ तल्लो डिभिजनका केही क्लबबाट उनले फुटबल पनि खेले। पोर्चुगलमा रहँदै सेभियामा आप्रवासीहरुका लागि राम्रो काम रहेको सुनेपछि उनी स्पेन पुगेका थिए। तर उनले कति समय त सेभिया नजिकैको मारिनालेडा सहरका फुटपाथमा मागेरसमेत जीविका गर्नुपरेको थियो।

त्यही बेला सहरका मेयरलाई भेटेका उनले ड्राइभरको जागिर पाए। ड्राइभरको जागिर पाएपछि नै उनी हेरेरा सहरमा राम्ररी बस्न सकेका थिए। हेरेरामा नै अन्सु फातीको बाल्यकाल बितेको हो। जहाँ केही वर्ष सिडिएफ हेरेरा फुटबल क्लबमा फातीले फुटबल सिक्न पाए। त्यही सिकाइले अहिले उनको फुटबल बार्सिलोनासम्म पुग्न सकेको छ। 

अन्सु फातीको कथामा देखिने विनम्रता र धैर्यताले नै उनको नयाँ उचाइको बाटो कोरेको हो। जसमा उनी अघि बढीरहेका पनि छन्। सन् २०१२ मा १० वर्षको उमेरमा बार्सिलोना पुगेका फातीले यु११ को टिममा खेल्न पनि एक वर्ष पर्खिनुपरेको थियो। त्यस समय उनले पेलोटेरस एफसीमा अभ्यास खेलहरु खेलिरहे। 

फातीलाई फुटबल सिकाएका सुरुका एक प्रशिक्षक मार्क सेरा पुराना दिन सम्झँदै भन्छन्– ‘उनी सेभियादेखि लामो दुरी तय गरेर खेल्न आइरहेका हुन्थे। खेलेर फर्किंदा आजको खेलमा राम्रो हुन नसकेको भन्दै माफी माग्थे र भोलि राम्रो गर्छु भनिरहेका हुन्थे। उनले त्यसबेला पठाएका केही म्यासेजहरु त मसँग अहिलेसम्म होला।’

त्यही सुधारको सोचले हुनुपर्छ फातीले बार्सिलोना सिनियर टिममा समेत आफूलाई प्रमाणित गर्न सकिरहेका छन्। गएको सिजन नै इन्टर मिलानविरुद्ध गोल गर्दै च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका फातीले मेस्सीपछिको बार्सिलोनामा भविष्य देखाउनु सानो विषय होइन। मिलानविरुद्धको च्याम्पियन्स लिग खेलमा ८४औं मिनेटमा मैदान प्रवेश गरेका उनले त्यसको तीन मिनेटमा गोल गरेका थिए। 

बार्सिलोनाको सिनियर टिममा मात्रै होइन फातीका लागि वर्ष २०१९ स्पेनको यु२१ टिममा रहनुले पनि विशेष बनेको थियो। बार्सिलोनाको सिनियर टिममा अभ्यासमा आउँदादेखि नै फाती प्रशिक्षकको नजरमा परेका थिए। २०२० को अगस्टमा फाती स्पेनको राष्ट्रिय टिममा नै पुगे। जहाँ उनको क्षमता अझ निखारियो। 

फातीलाई कुनै समयमा प्रशिक्षण गरेका प्रशिक्षक डेनिस सिल्भा पनि १६ वर्षको उमेरदेखि फातीले आफूमा गरेको खेलको विकास ठूलो कुरा भएको बताउँछन्। गएको सिजन लियोनल मेस्सी, लुइस स्वारेज, उसमान डेम्बेले जस्ता खेलाडी घाइते रहेको अवस्थामा फातीले पाएको अवसर यसरी उपयोग गरे कि उनी सिनियर टिमको एक हिस्सा बनिरहन सकेका थिए। जसले यो सिजन उनको नाम सिनियर टिममा रहने गरी नै अघि बढ्यो। 

गएको सिजन ला लिगा अन्तर्गत बार्सिलोनाले रियल बेटिसलाई ५–२ ले हराएको खेलमा १६ वर्षका फातीले बार्सिलोना सिनियर टिममा डेब्यू गरेका थिए। फातीले रियल बेटिससँग खेल्नुअघि एक हप्ता सिनियर टिममा रहेर अभ्यास गरेका थिए। लियोनल मेस्सी, लुइस स्वारेज र उसमान डेम्बेले घाइते रहेको टिममा अन्तिम १२ मिनेट मैदानमा रहेका फातीले आफ्नो डेब्यू विश्वास नै गर्न सकेका थिएनन्। 

सन् १९४१ मा भिसेन्ट मार्टिनेचपछि सबैभन्दा कम उमेरमा बार्सा डेब्यू गर्ने खेलाडीसमेत बनेका फातीले आफू नर्भस भएको खेलपछि बताएका थिए। त्यसबेला नर्भस रहेका उनै फाती यो सिजन मैदानमा स्पष्ट लयमा देखिएका थिए। जसले चोटका कारण विश्राम लाग्न पुगेको छ। 

गएको सिजन नै पनि बार्सिलोना फातीलाई हतारमा अगाडि बढाउने योजनामा थिएन। विस्तारै भएको विकास र हरेक हप्ता थोरै थोरै गर्दै पाएको अवसरले उनको फुटबलमा अझ सुधार हुनेछ भन्ने बार्सिलोनाले महसुस गरेको थियो। तर कोभिडपछिको समयमा लगातारको फुटबलले खेलाडी चोटमा पर्ने समस्या फातीमा पनि देखियो। 

अहिले घुँडाको शल्यक्रियापछि पनि फातीको चोट पूर्ण रुपमा ठीक भइसकेको छैन। जसले मैदानमा फातीले निरन्तर देखाएको लय बिग्रने हो कि भन्ने चिन्ता पनि थपिएको छ। थप उपचारमा लाग्नु पर्ने हुनाले पनि फाती यही सिजन मैदान फर्केलान भन्नेमा शंका बढिरहेको छ। बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यान अहिले नै फातीलाई मैदान फर्काउने हतार नगर्ने बताउँछन्। 

बार्सिलोनाको युवा टिममा फाती, रिकी पुइच, इलयाक्स मोरिबा जस्ता खेलाडी लगेका बार्सिलोना ला मासियाका पूर्वनिर्देशक अल्बर्ट पुइच पनि फाती अबको समयका भरपर्दा खेलाडी बन्नेमा आफू विश्वस्त रहेको बताउँछन्। तर यही सिजन भने मेस्सीसँगको तालमेलमा फातीको कला मैदानमा हेर्न पाउने समय मुस्किल भइरहेको छ।

प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  १०:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट
नेकपाको केन्द्रीय कार्यसमिति ६०१ सदस्यीय बन्ने
एनपीएल सिजन २ : पहिलो खेलका टिकट 'सोल्ड आउट'
सम्बन्धित सामग्री
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसद्वारा राजीनामा अखिल नेपाल फुटबल संघ(एन्फा) लाई उनले राजीनामा पत्र बुझाएको स्रोतले जनाएको छ। यस विषयमा एन्फाबाट हालसम्म कुनै आधिकारिक जानकारी आएको छ... बिहीबार, कात्तिक १३, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि प्रतियोगिता जितेको हो। आइतबार चिलीको नेसनल जुलियो मार्टिनेज प्राडानोस रंगशालामा सम्पन्न फाइनलमा मोरोक्कोलाई जित दिलाउन दुवै गोल यासि... सोमबार, कात्तिक ३, २०८२
विधि र पद्धतिविपरीत काम गरेको आरोपमा एन्फा महासचिव किरण निलम्बित साधारणसभा र कार्यसमितिको म्याण्डेट समेतलाई बेवास्ता गर्दै संघको विधान, विधि र पद्धति विपरित काम गरेको भन्दै कार्यवाहक अध्यक्ष खड्काल... आइतबार, कात्तिक २, २०८२
ताजा समाचारसबै
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
नेकपाको केन्द्रीय कार्यसमिति ६०१ सदस्यीय बन्ने शुक्रबार, कात्तिक २८, २०८२
एनपीएल सिजन २ : पहिलो खेलका टिकट 'सोल्ड आउट' शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीलाई जेनजीले बुझाएको सम्झौताको मस्यौदामा के छ ? शुक्रबार, कात्तिक २८, २०८२
मतदाता नामावली संकलनको म्याद ५ दिन थप्ने तयारी शुक्रबार, कात्तिक २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
प्रधानमन्त्रीलाई जेनजीले बुझाएको सम्झौताको मस्यौदामा के छ ? शुक्रबार, कात्तिक २८, २०८२
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू शुक्रबार, कात्तिक २८, २०८२
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक बिहीबार, कात्तिक २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्