काठमाडौं– सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा जित निकालेको छ।
ललितपुरस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार भएको खेलमा सातदोबाटोले खुमलटार युथ क्लबविरुद्ध ३–२ गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो।
सातदोबाटोको जितमा दार्जे तामाङ, आशिष राई र भुवन बस्नेतले गोल गरे। खुमलटारका लागि कप्तान सविन केसी र आदिल हामदले गोल फर्काए पनि हार टार्न सकेनन्।
खेलको ११ औं मिनेटमा दोर्जेले गोल गर्दै सातदोबाटोलाई सुरुवाती अग्रता दिलाए। तर २६ औं मिनेटमा कप्तान सविनले गोल गर्दै खुमलटारलाई पहिलो हाफसम्म १–१ गोलको बराबरी दिलाए।
दाेस्राे हाफकाे ३ मिनेट अर्थात ४८ औं मिनेटमा आदिलले गोल गरेपछि खुमलटारले सातदोबाटोविरुद्ध २–१ गोलको अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन नसक्दा खुमलटारले महत्वपूर्ण तीन अंक सातदोबाटोलाई सुम्पिएको हो।
६१ औं मिनेटमा आशिषले गोल गर्दै सातदोबाटोलाई २–२ गोलको बराबरीमा पुर्याए। ७४ औं मिनेटमा भुवनले गोल गर्दै सातदोबाटोलाई ३–२ गोलको जित दिलाए।
यो जितसँगै शीर्ष स्थानमा रहेको सातदोबाटोले सात खेलबाट १९ अंक बनाएको छ। लिगको दोस्रो स्थानमा रहेको खुमलटारले भने शीर्ष स्थानमा उक्लिने मौकालाई गुमाएको छ। खुमलटारको सात खेलबाट १६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।