काठमाडाै–पार्टीको आधिकारिक धारणा मिडियामा आएका समाचार तथा टिप्पणीबाट नबुझ्न नेकपा माधव–प्रचण्ड समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत श्रेष्ठले सञ्चार माध्यमका विश्लेषणलाई यथोचित सम्मान गर्दै सकारात्मक सन्देश वा शिक्षामात्र ग्रहण गर्न सबैमा अपिल गरेका हुन्।
‘सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलापछि अहिले हामी संसदको अधिवेशन, सरकार, संविधानको कार्यान्वयन, समृद्धि, समाजवादको आधार निर्माण र नेपाली कम्युनिष्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्ने गम्भीर छलफलको संवेदनशील मोडमा छौैं,’ श्रेष्ठले फेसबुकमा लेखेका छन्।
‘हामी उहाँहरूको दृष्टिकोण, धारणा र अधिकारबारे अरु केही भन्न सक्दैनौँ र उचित पनि हुँदैन,’ उनी थप लेख्छन्, ‘तर, पार्टीको आधिकारिक धारणा र नेताहरुको विचार सञ्चार माध्यमको आधारमा होइन, नेताहरुकै मुख वा आधिकारिक ठाउँबाट बुझौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।