काठमाडाै–ओली पक्षीय अनेरास्ववियुले सर्वोच्च अदालतले गरिदिएको संसद पुनःस्थापना प्रतिगमन भाग दुई भएको बताएको छ। अनेरास्ववियुका संयोजक ऐन महरले विज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसलाको विरोध गरेका हुन्। २०५२ सालको अदालतको फैसला पहिलो प्रतिगमन भएको र अहिले त्यसैको दोस्रो भाग भएको अनेरास्ववियुको विज्ञप्तिमा उल्लेख छ।
‘संविधानवादको आधारभूत जगमा भन्दा पनि आग्रह र भावनामा बहकिएर २०५२ भदौ १२ को प्रतिगमनको भाग २ को रुपमा यो फैसला आएको भन्ने हाम्रो ठम्याई र निश्कर्ष छ,’ विज्ञप्तिमा उल्लेख छ।
जनता सरकारले तोकेको निर्वाचनका लागि तयार भइसकेको अवस्थामा अदालतले राजनीतिक निर्णयमा भाँजो हाल्नु प्रतिगमन भएको अनेरास्ववियुको ठहर छ।
अदालतको फैसला जुनसुकै पृष्ठभूमिबाट आएको भए पनि स्वीकार गर्ने भन्दै महरले अनेरास्ववियुले विधिको शासन र कानुनको सर्वोच्चताको पैरवी गरिररहने बताए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।