काठमाडाै–नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले शुक्रबार पनि देशका विभिन्न स्थानमा बदली हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश–१ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रहने महाशाखाको भनाइ छ। तराईका थोरै भूभागमा हस्सु र कुहिरो लाग्नेबाहेक भने अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहने विभागको दाबी छ।
प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै, ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको विभागको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।