काठमाडौं– नेपालका लागि चिनियाँ र भारतीय राजदूतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन्। चिनियाँ राजदूत होउ यान्छी र भारतका राजदूत विनय मोहन क्वात्राले बुढानिलण्ठस्थित देउवा निवास पुगेर भेटेका हुन्।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेसँगै दुई राजदूतले देउवालाई भेटेको बताइएको छ। संसद्को पुनर्बहाली भएसँगै दुई छिमेकी देशका राजदूत सक्रिय भएका हुन्।
देउवासँगको भेटका क्रममा दुई छिमेकी राजदूतले देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेको बताइएको छ।
पछिल्लो राजनीतिक घटनाक्रमपछि संसदमा सहकार्य गर्ने प्रस्तावसहित नेकपाका माधव–प्रचण्ड समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपाल पनि बुधबार देउवा निवास पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।