• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस १३, २०८२ Sun, Dec 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा संसदीय दलको निर्णय कुर्ने रणनीतिमा निर्वाचन आयोग

64x64
प्रवीण ढकाल बिहीबार, फागुन १३, २०७७  २१:२६
1140x725

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादका विषयमा निर्वाचन आयोगले तत्काल कुनै निर्णय नगर्ने भएको छ। प्रतिनिधि सभा पुनर्स्थापना भएसँगै आयोगले नेकपाको विवादका विषयमा केही समय 'पर्ख र हेर'को रणनीति लिने भएको हो।

सर्वोच्च अदालतले १३ दिनभित्र अनिवार्य रुपमा प्रतिनिधि सभाको बैठक बोलाउन मंगलबार आदेश दिएपछि आयोगले नेकपाको विवाद अब संसदीय दलमा देखिने भन्दै केही समय पर्खने नीति लिएको आयोग स्रोत बताउँछ। 

'प्रतिनिधि सभा विघटनको निर्णय बदर भएपछि वैशाखमा निर्वाचन नहुने पक्का भइसक्यो। अब नेकपाको विवाद अर्को ढंगले अगाडि बढ्ने देखिन्छ' आयोगका एक आयुक्तले भने, 'त्यसकारण हामीले यो विषयलाई केही समय अगाडि नबढाई नेकपाको विवाद कसरी अगाडि बढ्छ भन्ने विषय हेरिरहेका छौं।'

उनले प्रतिनिधि सभाको बैठक बस्ने भएपछि नेकपामा अब संसदीय दलको नेताका विषयमा विवाद उत्पन्न हुने भएकाले आयोगले त्यसतर्फ ध्यान दिने जानकारी दिए। संसदीय दलमा विवाद बढ्दै गएमा नेकपाको कुनै एक पक्ष ४० प्रतिशतको हस्ताक्षर लिएर आयोगमा आउने र त्यसबाट आयोगलाई निर्णयमा जान सहज हुने भएकाले आयोगले 'पर्ख र हेर'को रणनीति लिएको उनले जानकारी दिए।

'चुनाव नहुने भएपछि हामीलाई तत्कालै विवाद समाधानको प्रक्रिया अगाडि बढाउनु पर्ने हतारो र बाध्यता छैन', उनले भने, 'त्यसकारण अब नेकपाको विवाद संसदीय दलमा हुन्छ र त्यहाँ विवाद समाधान नभए ४० प्रतिशतको संख्या आयोगमा आउन सक्छ। त्यो अवस्थामा हामीलाई अगाडि बढ्न सहज हुन्छ। आयोगले माघ ११ गतेको निर्णय अनुसार नै अहिले पार्टी एक छ भनेर चुप लागेर बस्ने नीति लिएको छ।'

पुस ५ गतेपछि नेकपा राजनीतिक रुपमा ओली पक्ष र प्रचण्ड-नेपाल पक्षमा विभाजन भए पनि कानुनी रुपमा एउटै छ। आयोगको माघ ११ गतेको निर्णयले पनि आधिकारिक रुपमा नेकपा एउटै दल हो। आयोगले नेकपाका अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' नै रहेको र नेकपामा ४४१ जना केन्द्रीय कमिटी सदस्य नै रहेको निर्णय गरेको थियो। त्यसपछि नेकपाको प्रचण्ड-नेपाल पक्षले आयोगमा २० गते राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार निवेदन दिए पनि आयोगले उक्त विषयमा आवश्यक प्रक्रिया अगाडि बढाएको छैन। अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि आयोग अझै केही समय यो विषयमा थप अगाडि बढ्न चाहिरहेको छैन।

सर्वोच्च अदालतले १३ दिनभित्र अनिवार्य रुपमा प्रतिनिधि सभाको बैठक बोलाउन मंगलबार आदेश दिएपछि आयोगले नेकपाको विवाद अब संसदीय दलमा देखिने भन्दै केही समय पर्खने नीति लिएको आयोग स्रोत बताउँछ। 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेकपाका विवादका विषयमा आयोगमा आएको निवेदन अध्ययनकै क्रममा रहेको जानकारी दिए। उनले निवेदन दिएको समय र अहिले संसद पुनर्स्थापनापछिको समय फरक परेकाले नेकपाको विवाद थप कसरी अगाडि बढ्छ भन्ने विषय पनि हेर्न आवश्यक रहेको बताए।

Ncell 2
Ncell 2

उनले आयोगमा रहेको अहिलेको निवेदनका विषयमा प्रक्रिया अगाडि बढाउँदा विवाद समाधान हुन ७० दिनसम्म लाग्न सक्ने जानकारी दिए। 'यहाँ परेको निवेदनका विषयमा अध्ययन सकेर कानुन अनुसार प्रक्रिया अगाडि बढाउँदा अब कम्तिमा पनि ७० दिनमा निर्णय हुनसक्छ', उनले भने, 'हामी यो प्रक्रियाका विषयमा अध्ययनकै क्रममा छौं। तर यही बिचमा संसद पुनर्स्थापना भएकाले नेकपाको विवाद अब कसरी अगाडि बढ्छ भन्ने विषय पनि हेर्न आवश्यक देखिएको छ।'

'नयाँ निवेदन पर्खन उत्तम'
प्रचण्ड-नेपाल पक्षले आयोगमा २० गते दिएको निवेदनका आधारमा आयोगले प्रक्रिया अगाडि बढाउने हो भने नियमअनुसार आयोगले सुरुमा ओली पक्षलाई १५ दिनको समय दिनुपर्छ। उक्त पक्षले त्यो समयभित्र जवाफ दिएन र थप समय माग्यो भने अर्को दस दिन थप्न सकिने व्यवस्था छ। थपेको दस दिनभित्र पनि जवाफ आयो वा आएन भने त्यसबाट सुरु भएको ४५ दिनभित्र आयोगले निर्णय गर्नुपर्ने हुन्छ। 

नेकपाको अहिलेसम्मको विवाद ऐनको परिच्छेद ९ को दलको मान्यतासम्बन्धी विवादको निरुपण अन्तर्गतको दफा ४३ र ४४ अनुसार नै हो। सुरुमा नेकपाको दुवै पक्षले उक्त दफा अनुसार आयोगमा निवेदन दिएका थिएनन्। तर माघ २० गते प्रचण्ड-नेपाल पक्षले यही दफामा टेकेर निवेदन दिएका छन्।
ऐनको दफा ४३ मा दुई वा दुईभन्दा बढी दलबीच वा एउटै दलका दुई वा दुईभन्दा बढी पक्षबीच दलको नाम, दलको छाप, विधान, झण्डा वा चिन्ह, दलको पदाधिकारी, केन्द्रीय समिति वा निर्णयको आधिकारिकताका विषयमा विवाद उत्पन्न भएमा त्यसको निरुपण आयोगले गर्ने व्यवस्था छ। 

संसदीय दलमा विवाद बढ्दै गएमा नेकपाको कुनै एक पक्ष ४० प्रतिशतको हस्ताक्षर लिएर आयोगमा आउने र त्यसबाट आयोगलाई निर्णयमा जान सहज हुने भएकाले आयोगले 'पर्ख र हेर'को रणनीति लिएको उनले जानकारी दिए।

नेकपामा अहिले दुवै पक्षले दलको नाम, सूर्य चिन्ह, झण्डा आफ्नो भएको भन्दै सार्वजनिक कार्यक्रममा भाषण गर्नेदेखि प्रयोगसमेत गर्दै आइरहेका छन्। 
यी कुरामा आएको विवादको निरुपण ऐनको दफा ४४ अनुसार हुने व्यवस्था छ। दफा ४४ मा दलको नाम, छाप, विधान, झण्डा, निर्णयलगायतका विषयमा विवाद भएमा आधिकारिकता दाबी गर्ने पक्षले दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको तीस दिनभत्रि आयोग समक्ष आधार तथा प्रमाणसहित दाबी पेस गर्न सक्ने व्यवस्था छ। 

आयोगमा प्रचण्ड-नेपाल पक्षले आधिकारिकतासम्बन्धी मागदाबी गरेको निवेदन नेकपा विवाद सुरु भएको ३० दिनको अवधि कटेपछि आएको विषयमा पनि आयोगमा छलफल भएको छ। ऐन अनुसार दलमा विवाद प्रारम्भ भएको तीस दिनभित्र आयोग समक्ष आधार तथा प्रमाणसहित दाबी पेस गर्नुपर्ने व्यवस्था छ।

नेकपामा प्रधानमन्त्रीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि विवाद सुरु भएको हो। विवाद लगत्तै नेकपाका दुवै पक्षले सुरुमा ऐनको दफा ४३ र ४४ अनुसार नभई ऐनको दफा ५१ अनुसार विधान परिवर्तन, पदाधिकारी हेरफेर, कारबाही गरिएको लगायतका विषयमा आयोगलाई जानकारी गराएको पत्र पठाएका थिए। 

आयोगले दुवै पक्षको निवेदन अध्ययन गर्दै माघ ११ गते दुवै पक्षको दावी अस्वीकार गर्दै नेकपामा ओली र प्रचण्ड नै अध्यक्ष रहेको र नेकपामा ४४१ जना केन्द्रीय कमिटी सदस्य नै रहेको निर्णय गरेको थियो। त्यसपछि प्रचण्ड-नेपाल पक्षले माघ २० गते आयोगमा दफा ४३ र ४४ अनुसार निवेदन दिएका थिए। उनीहरुको उक्त निवेदनका विषयमा प्रधानमन्त्री ओलीले म्याद गुज्रिसकेपछि निवेदन आएको भन्दै नियम अनुसार आयोगले काम अगाडि बढाउनु पर्ने भन्दै आयोगमा नै पुगेर ध्यानाकर्षण गरेका थिए।

आयोगका केही कर्मचारी र आयुक्तले समेत ३० दिनको विषयमा प्रश्न उठाइरहेका छन्। आयोगमा यो विषयमा छलफल भइरहेको एक आयुक्तले जानकारी दिए। नेकपाको विवादका विषयमा अध्ययन गर्न जिम्मा पाएका आयुक्त रामप्रसाद भण्डारीले पनि विवाद सुरु भएको ३० दिनपछि निवेदन आएकाले त्यसमाथि प्रक्रिया अगाडि नबढाउने खालको सुझाव दिएको आयोग स्रोत बताउँछ। 

यही समयमा प्रतिनिधि सभा विघटनको निर्णय बदर भएकाले संसदमा नयाँ ढंगले विवाद अगाडि बढ्न सक्ने भन्दै आयुक्तहरुले पनि नयाँ विवाद आएपछि मात्र प्रक्रिया अगाडि बढाउन सुझाव दिएका छन्। 'विवाद सुरु भएको ३० दिनपछि मात्र आयोगमा निवेदन आएका कारण प्रक्रिया अगाडि बढाउन नसकिने भन्दै केही आयुक्तले सुझाब दिएका छन्' आयोग स्रोत भन्छ, 'त्यसकारण पुरानो निवेदन भन्दा पनि अब संसदीय दलबाट आउन सक्ने विवादपछिको निवेदनलाई पर्खन नै उत्तम हुन्छ भनेर आयोग केही समय मौन नै बस्ने छ।'

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  २१:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रवीण ढकाल
लेखकबाट थप
कांग्रेस अब ‘ब्याक-बेञ्च’मा बस्दैन : गगन थापा [अन्तर्वार्ता]
हिमपातले तिलिचो जाने बाटो अवरूद्ध [तस्बिर/भिडियो]
जनताको मुद्दा एकातिर, 'नेकपा संकट' अर्कैतिर
सम्बन्धित सामग्री
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूले सञ्चालन गरेका आन्दोलन, विशेष गरी भदौ २३ र २४ को जेनजी आन्दोलनलगायत विभिन्न कालखण्डका जनआन्दोलनब... आइतबार, पुस १३, २०८२
पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छाडेकाहरूलाई फर्कन आह्वान गरेको हो । शनिबार, पुस १२, २०८२
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष रास्वपासँग एकताका लागि सभापति, प्रधानमन्त्रीको उम्मेदवार पार्टीले लिगेसी (नाम वा चुनाव चिन्ह) हुनुपर्ने प्रस्ताव अघि सार्दा कुनै कुर... शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
यस्तो राहनेछ देशभरको मौसम आइतबार, पुस १३, २०८२
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
पार्टी छाडेकालाई फर्कन कांग्रेसको आह्वान शनिबार, पुस १२, २०८२
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष शनिबार, पुस १२, २०८२
प्रधानमन्त्रीसँग भेटेपछि चुनावमा जान सबै दल तयार शनिबार, पुस १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष शनिबार, पुस १२, २०८२
कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन, सबैलाई स्वीकारेर अघि बढ्नु पर्छ: कुलमान घिसिङ शनिबार, पुस १२, २०८२
लमजुङबाट देव गुरुङसहित प्रत्यक्षतर्फ १३ जना सिफारिस शनिबार, पुस १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्