• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा संसदीय दलको निर्णय कुर्ने रणनीतिमा निर्वाचन आयोग

64x64
प्रवीण ढकाल बिहीबार, फागुन १३, २०७७  २१:२६
1140x725

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादका विषयमा निर्वाचन आयोगले तत्काल कुनै निर्णय नगर्ने भएको छ। प्रतिनिधि सभा पुनर्स्थापना भएसँगै आयोगले नेकपाको विवादका विषयमा केही समय 'पर्ख र हेर'को रणनीति लिने भएको हो।

सर्वोच्च अदालतले १३ दिनभित्र अनिवार्य रुपमा प्रतिनिधि सभाको बैठक बोलाउन मंगलबार आदेश दिएपछि आयोगले नेकपाको विवाद अब संसदीय दलमा देखिने भन्दै केही समय पर्खने नीति लिएको आयोग स्रोत बताउँछ। 

'प्रतिनिधि सभा विघटनको निर्णय बदर भएपछि वैशाखमा निर्वाचन नहुने पक्का भइसक्यो। अब नेकपाको विवाद अर्को ढंगले अगाडि बढ्ने देखिन्छ' आयोगका एक आयुक्तले भने, 'त्यसकारण हामीले यो विषयलाई केही समय अगाडि नबढाई नेकपाको विवाद कसरी अगाडि बढ्छ भन्ने विषय हेरिरहेका छौं।'

उनले प्रतिनिधि सभाको बैठक बस्ने भएपछि नेकपामा अब संसदीय दलको नेताका विषयमा विवाद उत्पन्न हुने भएकाले आयोगले त्यसतर्फ ध्यान दिने जानकारी दिए। संसदीय दलमा विवाद बढ्दै गएमा नेकपाको कुनै एक पक्ष ४० प्रतिशतको हस्ताक्षर लिएर आयोगमा आउने र त्यसबाट आयोगलाई निर्णयमा जान सहज हुने भएकाले आयोगले 'पर्ख र हेर'को रणनीति लिएको उनले जानकारी दिए।

'चुनाव नहुने भएपछि हामीलाई तत्कालै विवाद समाधानको प्रक्रिया अगाडि बढाउनु पर्ने हतारो र बाध्यता छैन', उनले भने, 'त्यसकारण अब नेकपाको विवाद संसदीय दलमा हुन्छ र त्यहाँ विवाद समाधान नभए ४० प्रतिशतको संख्या आयोगमा आउन सक्छ। त्यो अवस्थामा हामीलाई अगाडि बढ्न सहज हुन्छ। आयोगले माघ ११ गतेको निर्णय अनुसार नै अहिले पार्टी एक छ भनेर चुप लागेर बस्ने नीति लिएको छ।'

पुस ५ गतेपछि नेकपा राजनीतिक रुपमा ओली पक्ष र प्रचण्ड-नेपाल पक्षमा विभाजन भए पनि कानुनी रुपमा एउटै छ। आयोगको माघ ११ गतेको निर्णयले पनि आधिकारिक रुपमा नेकपा एउटै दल हो। आयोगले नेकपाका अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' नै रहेको र नेकपामा ४४१ जना केन्द्रीय कमिटी सदस्य नै रहेको निर्णय गरेको थियो। त्यसपछि नेकपाको प्रचण्ड-नेपाल पक्षले आयोगमा २० गते राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार निवेदन दिए पनि आयोगले उक्त विषयमा आवश्यक प्रक्रिया अगाडि बढाएको छैन। अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि आयोग अझै केही समय यो विषयमा थप अगाडि बढ्न चाहिरहेको छैन।

सर्वोच्च अदालतले १३ दिनभित्र अनिवार्य रुपमा प्रतिनिधि सभाको बैठक बोलाउन मंगलबार आदेश दिएपछि आयोगले नेकपाको विवाद अब संसदीय दलमा देखिने भन्दै केही समय पर्खने नीति लिएको आयोग स्रोत बताउँछ। 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेकपाका विवादका विषयमा आयोगमा आएको निवेदन अध्ययनकै क्रममा रहेको जानकारी दिए। उनले निवेदन दिएको समय र अहिले संसद पुनर्स्थापनापछिको समय फरक परेकाले नेकपाको विवाद थप कसरी अगाडि बढ्छ भन्ने विषय पनि हेर्न आवश्यक रहेको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

उनले आयोगमा रहेको अहिलेको निवेदनका विषयमा प्रक्रिया अगाडि बढाउँदा विवाद समाधान हुन ७० दिनसम्म लाग्न सक्ने जानकारी दिए। 'यहाँ परेको निवेदनका विषयमा अध्ययन सकेर कानुन अनुसार प्रक्रिया अगाडि बढाउँदा अब कम्तिमा पनि ७० दिनमा निर्णय हुनसक्छ', उनले भने, 'हामी यो प्रक्रियाका विषयमा अध्ययनकै क्रममा छौं। तर यही बिचमा संसद पुनर्स्थापना भएकाले नेकपाको विवाद अब कसरी अगाडि बढ्छ भन्ने विषय पनि हेर्न आवश्यक देखिएको छ।'

'नयाँ निवेदन पर्खन उत्तम'
प्रचण्ड-नेपाल पक्षले आयोगमा २० गते दिएको निवेदनका आधारमा आयोगले प्रक्रिया अगाडि बढाउने हो भने नियमअनुसार आयोगले सुरुमा ओली पक्षलाई १५ दिनको समय दिनुपर्छ। उक्त पक्षले त्यो समयभित्र जवाफ दिएन र थप समय माग्यो भने अर्को दस दिन थप्न सकिने व्यवस्था छ। थपेको दस दिनभित्र पनि जवाफ आयो वा आएन भने त्यसबाट सुरु भएको ४५ दिनभित्र आयोगले निर्णय गर्नुपर्ने हुन्छ। 

नेकपाको अहिलेसम्मको विवाद ऐनको परिच्छेद ९ को दलको मान्यतासम्बन्धी विवादको निरुपण अन्तर्गतको दफा ४३ र ४४ अनुसार नै हो। सुरुमा नेकपाको दुवै पक्षले उक्त दफा अनुसार आयोगमा निवेदन दिएका थिएनन्। तर माघ २० गते प्रचण्ड-नेपाल पक्षले यही दफामा टेकेर निवेदन दिएका छन्।
ऐनको दफा ४३ मा दुई वा दुईभन्दा बढी दलबीच वा एउटै दलका दुई वा दुईभन्दा बढी पक्षबीच दलको नाम, दलको छाप, विधान, झण्डा वा चिन्ह, दलको पदाधिकारी, केन्द्रीय समिति वा निर्णयको आधिकारिकताका विषयमा विवाद उत्पन्न भएमा त्यसको निरुपण आयोगले गर्ने व्यवस्था छ। 

संसदीय दलमा विवाद बढ्दै गएमा नेकपाको कुनै एक पक्ष ४० प्रतिशतको हस्ताक्षर लिएर आयोगमा आउने र त्यसबाट आयोगलाई निर्णयमा जान सहज हुने भएकाले आयोगले 'पर्ख र हेर'को रणनीति लिएको उनले जानकारी दिए।

Xtrem

Xtrem

नेकपामा अहिले दुवै पक्षले दलको नाम, सूर्य चिन्ह, झण्डा आफ्नो भएको भन्दै सार्वजनिक कार्यक्रममा भाषण गर्नेदेखि प्रयोगसमेत गर्दै आइरहेका छन्। 
यी कुरामा आएको विवादको निरुपण ऐनको दफा ४४ अनुसार हुने व्यवस्था छ। दफा ४४ मा दलको नाम, छाप, विधान, झण्डा, निर्णयलगायतका विषयमा विवाद भएमा आधिकारिकता दाबी गर्ने पक्षले दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको तीस दिनभत्रि आयोग समक्ष आधार तथा प्रमाणसहित दाबी पेस गर्न सक्ने व्यवस्था छ। 

आयोगमा प्रचण्ड-नेपाल पक्षले आधिकारिकतासम्बन्धी मागदाबी गरेको निवेदन नेकपा विवाद सुरु भएको ३० दिनको अवधि कटेपछि आएको विषयमा पनि आयोगमा छलफल भएको छ। ऐन अनुसार दलमा विवाद प्रारम्भ भएको तीस दिनभित्र आयोग समक्ष आधार तथा प्रमाणसहित दाबी पेस गर्नुपर्ने व्यवस्था छ।

नेकपामा प्रधानमन्त्रीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि विवाद सुरु भएको हो। विवाद लगत्तै नेकपाका दुवै पक्षले सुरुमा ऐनको दफा ४३ र ४४ अनुसार नभई ऐनको दफा ५१ अनुसार विधान परिवर्तन, पदाधिकारी हेरफेर, कारबाही गरिएको लगायतका विषयमा आयोगलाई जानकारी गराएको पत्र पठाएका थिए। 

आयोगले दुवै पक्षको निवेदन अध्ययन गर्दै माघ ११ गते दुवै पक्षको दावी अस्वीकार गर्दै नेकपामा ओली र प्रचण्ड नै अध्यक्ष रहेको र नेकपामा ४४१ जना केन्द्रीय कमिटी सदस्य नै रहेको निर्णय गरेको थियो। त्यसपछि प्रचण्ड-नेपाल पक्षले माघ २० गते आयोगमा दफा ४३ र ४४ अनुसार निवेदन दिएका थिए। उनीहरुको उक्त निवेदनका विषयमा प्रधानमन्त्री ओलीले म्याद गुज्रिसकेपछि निवेदन आएको भन्दै नियम अनुसार आयोगले काम अगाडि बढाउनु पर्ने भन्दै आयोगमा नै पुगेर ध्यानाकर्षण गरेका थिए।

आयोगका केही कर्मचारी र आयुक्तले समेत ३० दिनको विषयमा प्रश्न उठाइरहेका छन्। आयोगमा यो विषयमा छलफल भइरहेको एक आयुक्तले जानकारी दिए। नेकपाको विवादका विषयमा अध्ययन गर्न जिम्मा पाएका आयुक्त रामप्रसाद भण्डारीले पनि विवाद सुरु भएको ३० दिनपछि निवेदन आएकाले त्यसमाथि प्रक्रिया अगाडि नबढाउने खालको सुझाव दिएको आयोग स्रोत बताउँछ। 

यही समयमा प्रतिनिधि सभा विघटनको निर्णय बदर भएकाले संसदमा नयाँ ढंगले विवाद अगाडि बढ्न सक्ने भन्दै आयुक्तहरुले पनि नयाँ विवाद आएपछि मात्र प्रक्रिया अगाडि बढाउन सुझाव दिएका छन्। 'विवाद सुरु भएको ३० दिनपछि मात्र आयोगमा निवेदन आएका कारण प्रक्रिया अगाडि बढाउन नसकिने भन्दै केही आयुक्तले सुझाब दिएका छन्' आयोग स्रोत भन्छ, 'त्यसकारण पुरानो निवेदन भन्दा पनि अब संसदीय दलबाट आउन सक्ने विवादपछिको निवेदनलाई पर्खन नै उत्तम हुन्छ भनेर आयोग केही समय मौन नै बस्ने छ।'

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  २१:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रवीण ढकाल
लेखकबाट थप
कांग्रेस अब ‘ब्याक-बेञ्च’मा बस्दैन : गगन थापा [अन्तर्वार्ता]
हिमपातले तिलिचो जाने बाटो अवरूद्ध [तस्बिर/भिडियो]
जनताको मुद्दा एकातिर, 'नेकपा संकट' अर्कैतिर
सम्बन्धित सामग्री
एमालेको निष्कर्ष: सरकार स्वेच्छाचारी बन्दैछ, संसद् सत्ताको छायामा पर्‍यो आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले आगामी अधिवेशनमा थप सशक्त भूमिका निर्वाह गर्ने गरी तयारी गर्न... आइतबार, असोज १८, २०८३
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले देउवालाई लिनका लागि पार्टीका नेताहरू कति पटक जाने र कसरी जान... आइतबार, असोज १८, २०८३
म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री बनेका व्यक्ति फेरि प्रधानमन्त्री बन्न खोज्ने... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : कुलमान घिसिङ आइतबार, असोज १८, २०८३
भोटेकोशी बाढीले दियो चेतावनी: अब पूर्वाधार निर्माणको मापदण्ड बदल्नुपर्छ आइतबार, असोज १८, २०८३
नेपाली क्रिकेट टिमका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारीः आइतबार, असोज १८, २०८३
एमालेको निष्कर्ष: सरकार स्वेच्छाचारी बन्दैछ, संसद् सत्ताको छायामा पर्‍यो आइतबार, असोज १८, २०८३
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्