राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७५ को हेमबहादुर मल्ल सम्मान वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरीशङ्करलाल दासलाई प्रदान गरेकी छिन्।
शीतल निवासमा बिहीबार आयोजित एक समारोहमा उनले चिकित्सा र सामाजिक सेवामा गरेको अतुलनीय योगदानको कदर गर्दै ९६ वर्षीय डा दासलाई सम्मानपत्रसहित दुई लाख राशिको उक्त पुरस्कार प्रदान गरेकी हुन्।
नेपाल जनप्रशासन संघसँगको समन्वयमा आफ्ना प्रथम महाप्रबन्धक हेमबहादुर मल्लको स्मृतिमा साल्ट ट्रेडिङ कर्पोरेशनले २०५९ सालमा उक्त पुरस्कार स्थापना गरेकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।