काठमाडाैं– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त दुई राजदूतले पद तथा गोपनियताको सपथ लिएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा संयुक्त अधिराज्यका लागि नेपालका आवासीय राजदूत लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका राजदूत डा. निर्मलकुमार विश्वकर्माले पद तथा गोपनियताको सपथ लिएका हुन्।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायतका सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।