• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

‘मास्टरसेफ’ शाह भन्छन्, ‘नेपाली खानालाई विश्वभर पस्किँदैछु’

64x64
रासस बिहीबार, फागुन १३, २०७७  १७:२९
1140x725

काठमाडाैं– नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ। मेहेनत र सङ्घर्षले सफलताको शिखरमा पुर्‍याउने थोरै मात्र पात्र भेटिन्छन्। तीनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष शाह। पाककलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली सेफ सन्तोष शाह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स् युके’ को उपविजेता बनेका थिए।

पाककलाका बादशाह मानिने सन्तोषको नेपालमा मात्र होइन, विश्वभर चर्चा चुलिएको छ। विश्वचर्चित सञ्चार माध्यमले शाहलाई ‘सेलीब्रेटी’ बनाए। कारण थियो उहाँको सामान्य र सरल जीवन, दुःख, सङ्घर्ष, दैनिकी र सफलतासँग जोडिएका कथा। हो, आज उनै सेफ शाह विश्वको नजरमा पर्न सफल भए, जसले नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको सान र गरिमालाई पनि उँचो बनाउन भूमिका खेले।

‘नाम राख्नलाई नेपाली भएर जन्मिएपछि संसारमा सफलता पाउन कठिन छैन मेहेनत चाहिन्छ। विश्वबजार घुमेर नेपाली खानाको प्रवद्र्धन गर्ने योजना बनाएको छ’, बेलायतको चर्चित मास्टर सेफको उपविजेता बनेपछि पहिलोपटक आज नेपाल आउनुभएका सेफ शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त कुराकानीका क्रममा भने।

खाद्य गुणस्तर अभिवृद्धिबारे सचेतना फैलाउने उद्देश्यका साथ अघि बढ्ने योजना शाहले सुनाए। बेलायतमा छिट्टै रेस्टुरेन्ट सञ्चालन गर्ने र नेपालमा पनि रेस्टुरेन्ट खोल्ने योजना बनाएका शाहले यसमा नेपाली सेफले अवसर पाउने बताए। उनले भने, ‘मेहेनत नै हो हाम्रो सफलता, जति उपलब्धि छ, त्यसैमा खुशी हुन सिक्नुपर्छ। जब म ‘प्लास्टिकको झोला बेच्दथे र पाउरोटी बेच्थे त्यतिबेला पनि खुशी थिएँ, अहिले यो सफलतामा पनि खुशी नै छु।’

अहिले जतिपनि सेफहरू छन् उनीहरूले नेपाली खाना जन्मेदेखि बनाएको र आफूले दुई वर्षदेखि बनाउन थालेकाले अझै नेपाली सेफहरूबाट धेरै सिक्नका लागि नेपाल आएको सुनाए। ‘नेपालमा जन्मेपछि केही कुरा पनि गाह्रो हुँदैन। खाली सोच बनाएर कर्ममा तल्लीन हुनुपर्छ’, उनले अगाडि भने, ‘हाम्रो ‘फुड इन हाइजिन’ छैन’, चिसो खाना नखानु र बोतलबिनाको पानी नपिउनु भन्ने हाम्रो सन्देश हो। चिसो र बासी खानाले मानव शरीरलाई असर गर्छ। मेरो जति साथी हुन्छन् तातो खाना खानु, बोतलको मात्रै पानी पिउनु भन्ने मेरो सन्देश छ। विदेशीका लागि यो गुणस्तर कायम गर्नेपर्छ।’

एउटा सामान्य नेपालीको छोरो यति ठूलो सफलतामा पुग्छ भन्ने विश्वासै थिएन। देशभित्र भान्से र खानाको लागि मान्यतै छैन। यो क्षेत्रमा पनि केही गरौँ भन्ने उद्देश्यका साथ लागि सङ्घर्षको यात्रा शुरु गरेको शाहले बताए। उनले सेफकै लागि १० वर्ष भारतमा काम गरेको भए पनि नेपालको खाना र नेपालको पहिचानको लागि केही गरौँ भनेर दिलैदेखि सोच आएकोले अहिले सफलता मिलेको बताए। ‘अब, नेपालको खानाको गुणस्तर बढ्छ, खानाबाट पनि सरकारले आम्दानी गर्न सक्छ।’

अहिलेको सफलतालाई लिएर अझै दोब्बर सफलता पाउने गरी नेपाल प्रवद्र्धनमा जुट्ने शाहको भनाइ छ। शाहले पाँच भाषामा पुस्तक प्रकाशन गर्दै छन्। चर्चित पेन्गुइन पब्लिकेशनले शाहको ‘कुक बुक’ पुस्तक प्रकाशन गर्नेछ। पुस्तक प्रकाशनको कामका लागि पनि आफू नेपाल आएको शाहले बताए। खानाको विश्वव्यापी ‘रोडम्याप’ बनाएको र लण्डनबाटै यो अभियान शुरु गरिने उनले जानकारी दिए। भान्सेको संस्कार नेपालमा छैन तर, सुधार गरे सम्भव हुन्छ। खाना सबैले बनाउँछन् गुणस्तरीय खानामा ध्यान दिनुपर्छ। सरसफाइ र स्वच्छतालाई अभियानकै रुपमा नेपाल अघि बढे सफलतामा पुग्न भन्ने उनको वाणी छ।

नेपालमा के गर्दैछन् सेफ शाह

Ncell 2
Ncell 2
nimb
nimb

प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको पहल र समन्वयमा नेपाल आएका शाह करिब एक महिना नेपालमा रहनेछन्। उनी पाटाको ४४औँ वार्षिक साधारणसभाको प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। नेपाल पर्यटन बोर्डलगायत संस्थाले गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन्। पाँच दिन होटल क्वारेन्टिन बसाइपछि पर्यटकीय गतिविधिमा सक्रिय हुनेछन्। सामाजिक दूरीका साथ विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। काठमाडौँ पार्क भिलेज र टर्किज एयरवेजको सहकार्यमा पाटा नेपालको अग्रसरतामा सेफ शाह नेपाल आएको होका हुन्।

नेपालको पाकशास्त्रलाई व्यापक अनुसन्धान गरी पर्यटनका विविध विधामध्ये पाकवान पनि महत्वपूर्ण पाटो बन्न सक्ने भन्ने सन्देश दिनु पनि उनको नेपाल आगमनको उपलब्धि भएको पाटाका कोषाध्यक्ष खेम लकाईँले बताए। नेपालका चर्चित सेफ गोविन्दनरसिंह केसीले नेपालको ४० वर्षे सेफ इतिहासमा नेपाल र नेपालको परिकारलाई विश्वभर चिनाउन सफल भएकामा खुशी व्यक्त गरे। पाटाका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले सेफ शाहको नेपाल आगमनले कोभिडबाट थलिएको मुलुकको पर्यटनलाई प्रवद्र्धनका साथै नेपाल गन्तव्यलाई खानाको माध्यमबाट विश्वभर पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

यसरी विश्वभर कहलिए...

बेलायतको चर्चित प्रसारण सेवा बिबिसीबाट प्रसारण हुने प्रतिष्ठित ‘मास्टर सेफ प्रोफेसनल्स् २०२०’ मा सहभागी सन्तोष शाह उपविजेता बनेका थिए। संसारभरका विभिन्न कुइजिनका झण्डै तीन दर्जन सेफहरूले भाग लिएको उक्त प्रतिस्पर्धाको ‘ग्राण्ड फिनाले’सम्म पुग्ने अन्तिम तीनमा सन्तोष पनि थिए। ग्राण्ड फिनाले एपिसोडमा नेपाली ढाकाटोपीमा देखिएका सन्तोष दोस्रो बने। उनले अन्तिम प्रस्तुतिमा नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरेर नेपाली प्रसंशा बटुलेका थिए।

Xtrem

Xtrem

शाहको यो सफलतालाई संसारभरका सञ्चार माध्यमले स्थान दिए। नेपालको पहिचानलाई विश्वभर फैलाउन र पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण सहयोग पुगेको छ। अन्तिम प्रतिस्पर्धामा सेफ शाहले हड्डीवाला भैँसीको मासु, खोले साग, भेडाको गिदीलगायत परिकार पकाएर चरेशको थालमा पस्किएका थिए। खानासँगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ‘ऐला’ पनि ‘सर्भ’ गरेका थिए।

बिबिसी मास्टर सेफमा नेपाली खानासहित भाग लिने पहिलो सेफ सन्तोषको फाइनलसम्मको यात्रा प्रभावशाली रह्यो, जसले उनलाई विश्वस्तरमा प्रतिष्ठित बनायो। सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भाङको अचारलगायत दर्जनौँ मौलिक नेपाली परिकार विश्वभरका दर्शकमाझ पस्किएका शाह देश विदेशका लाखौँ नेपालीको मन जित्न सफल भएका छन्। नेपाली खानाको मौलिकता र विविधतालाई विश्वमाझ चिनाउनु नै आफ्नो प्रमुख लक्ष्य बताउने सन्तोषले भविष्यमा नेपाली खानाको प्रवद्र्धनमा निरन्तर जुटिरहने बताए। 
     
विमानस्थलमा भव्य स्वागत 
‘मास्टर सेफ युके’मा उपविजेता ‘फस्ट रनरअप’ भएका शाह आज नेपाल आएका छन्। मध्याह्न काठमाडौँ ओर्लिएका शाहलाई विमानस्थलमा भव्य स्वागत गरियो। नेपालका सेफ तथा पर्यटन व्यवसायीले स्वागत गरेका हुन्। नेपालमा लामो समयदेखि काम गरेका ‘लेजेन्ट’ सेफ तथा युवा सेफहरूको उपस्थितिले माहोल निकै भावुक बनेको थियो। 

को हुन् शाह
नेपालको सिरहाको करजन्हामा जन्मिएका शाह हाल बेलायतमा बस्छन्। सात दाजुभाइ दिदी बहिनीमध्ये उनी सबैभन्दा कान्छो सदस्य हुन्। सानै उमेरमा बुबाको साथ गुमाएका शाहले १० वर्षको उमेरदेखि काम गर्न थाले। स्थानीय बजारमा प्लास्टिकको झोला बेच्नेदेखि पाउरोटी किनेर बेचेको पनि उनीसँग अनुभव छ। 

नेपालमा कक्षा १० सम्म पढेका शाहले एसएलसी उत्तीर्ण गर्न नसकेपछि कामको खोजीमा सन् २००० मा १५ वर्षको उमेरमै भारतको गुजरात पुगे। उनले अहमदावादको एक रेस्टुरेन्टमा भाडा माँझ्ने काम शुरु गरे। एकपछि अर्को होटलमा काम गरेर नयाँ अनुभव सम्हाले। कामकै सिलसिलामा पकाउन सिके अनि अङ्ग्रेजी भाषाको ज्ञान पनि लिए। पछि होटल व्यवस्थापनमा डिप्लोमा गरेर सात वर्षमै उनी एक पाँचतारे होटलको सेफ बने।

सेफ शाहले भारतमा खानेकुरा महोत्सवसमेत आयोजना गरे। महोत्सवले शाहबारे तारिफ बढ्यो। लगत्तै बेलायतबाट एक गुजराती व्यवसायीको सहयोगले सन्तोषलाई बेलायतमा रहेर काम गर्ने प्रस्ताव राखे। उनी सन् २०१० मा बेलायत गए र एक रेस्टुरेन्टमा काम गरे। बेलायतकै ललित होटल र बनारसमा समेत काम गरे। रासस

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १७:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व मंगलबार, असोज २०, २०८३
गृहमन्त्रीको चेतावनी– सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन मंगलबार, असोज २०, २०८३
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
नझुक्ने र नचुक्ने न्यायमूर्ति सर्वोच्चमा न्यायाधीश नियुक्ति हुनुपर्छ : सांसद न्यौपाने मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
फेसबुके राजा र फेसबुके रानी भन्दै मिराज ढुंगानाले गरे कटाक्ष सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्