काठमाडौं– ५० हजार रुपैयाँ घुससहित सशस्त्र प्रहरी बलका इन्सपेक्टर र सई पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित सशस्त्र प्रहरी बल वेश क्याम्प गैडहवा–३ तोण्डिहवा, रुपन्देहीका इन्सपेक्टर दधिराम पौडेल र सई राजेश पासीलाई पक्राउ गरेको हो।
सेवाग्राहीको काष्ठ फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने भनी घुस मागेको भन्ने सूचनाका आधारमा खटिएको बुटवलस्थित अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
५० हजार रुपैयाँ लिइसकेको अवस्थामा रुपन्देही गैडहवा गाउँपालिका–३ लोण्डिहवास्थित एसएन सव इन्टरप्राइजेज प्रालि अगाडिबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।