काठमाडौं– टर्की पुर्याएर मानव बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ परेको छन्।
गोरखा नगरपालिका–१ का जीवन भट्टराई र बाग्लुङको ढोरपाटन नगरपालिका–४ का पूर्णिमा सिर्पाली बस्नेतलाई मानव बेचबिखन ब्यूरोको टोलीले सोल्टीमोड र माइतीघरबाट पक्राउ गरेको हो।
मासिक ८०/९० हजार रुपैयाँ तलव हुन्छ भनेर उनीहरुले आमाछोरीलाई टर्की पुर्याएर बेचेको आरोप लागेको छ।
सुरुमा आमाछोरीले रकम पूर्णिमा बस्नेत नाम गरेकी महिलालाई दिएका थिए। त्यसपछि बस्नेत सम्पर्कबिहिन भएकी थिइन्।
केही समय पश्चात सम्पर्कमा आउँदा पीडितहरुले हामी बिदेश जादैनौं भनि पैसा फिर्ता माग्दा टर्कीको कार्ड बनिसकेकोले जानैपर्छ भेर बस्नेतले भनेकी थिइन्।
बस्नेतले टर्कीमा रहेका आफ्नो बुवासँग पीडितहरुलाई इमोमा सम्पर्क गराइन्। उनीहरुकै योजना अनुासर ताहाचलस्थित श्रम कार्यालय बाहिर काम गर्ने जीवन भट्टलाई दुई महिलाले भेटे ।
भट्टले टिकट लगायतका कागजातहरु तयार भइसकेको भन्दै त्यसवापत ५३ हजार रुपैयाँ लिएका थिए।
गत असोज २२ गते त्रिभुबन अन्तराष्ट्रीय विमानस्थलबाट टर्किस एयरलाइन्सद्धारा दुई महिला टर्की पुगे।
त्यसपछि पूर्णिमा बस्नेतको बुवासँग उनीहरुले भेट समेत भएको थियो। उनले काममा लगाई दिन्छु भनि आश्वासन दिई ३ हप्ता आफ्नै कोठामा राखे।
३ हप्तासम्म काम नपाएपछि नेपाल फर्कन खोज्दा टर्कीको बोर्डरमा पुर्याई २००० लिरामा अन्य व्यक्तिलाई बिक्री गरेको पीडितले बताएका छन्।
आफू बेचिएको थाहा पाएपछि दूताबासमा समन्वय गरी दुतावासको समन्वयमा छोरी गत मंसिर ८ गते र आमा गत पुस २६ गते नेपाल फर्किएका थिए। त्यसपछि दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिउको ब्यूरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।