तस्बिर: खिमकाजी लामिछाने
काठमाडाैं– ‘युरोरडिस फोटो अवार्ड २०२१’ मा नेपालले दोस्रो स्थान हात पारेकाे छ।
गएराति बेल्जियमको ब्रसेल्समा भएको अन्तिम प्रतियोगितामा खिमकाजी लामिछानेले दोस्रो स्थान हासिल गरेका हुन्।
दुर्लभ रोग लागेर जीवन बिताउनबाध्य व्यक्तिको जीवन शैलीलाई उजागार गर्ने लक्ष्यका साथ प्रतियाेगितमा विभिन्न ३० मुलुकका चार सय भन्दा बढी फोटोपत्रकारले खिचेका दुई हजार ७३ फोटो समावेश गरिएकाे थियाे। प्रतियोगितामा स्लोभाकिया प्रथम र आइसल्याण्ड तृतीय भएका थिए।
सजिलै हाड भाँचिने रोग (ओस्टियो नेनेसिस इम्पेर्फेक्टा—ओआई) बाट पीडित आफ्नै एघार वर्षीय छोरा अनिमेसलाई दुर्गा केसी ह्विलचियरका सहायताले विद्यालय पुर्याउँदै गरेको फोटो लामिछानेले प्रतियोगिताका लागि पठाएका थिए।
अनिमेसको अहिलेसम्म ४० पटक हाड भाँच्चिसकेको बताइएको छ। ओआईबाट ग्रसित भई हिँड्डुल गर्न नसके पनि पढ्ने इच्छालाई रोक्न नसक्ने सन्देश लामिछानेले कैद गरेको फोटोले दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।