तस्बिर: इन्द्रेश राउत
काठमाडाैं– बीबीसीको चर्चित रियालिटी सो ‘मास्टरसेफ यूके’का ‘फस्ट रनरअप’ सन्तोष शाह स्वदेश फर्किएका छन्। बिहीबार बिहान उनी त्रिभुवन विमानस्थल ओर्लिएका हुन्।
बाजागाजा र कुकको पोशाकमा सहभागिले उनलाई एयरपोर्टमा भव्य स्वागत गरिएको थियो।

प्रतियोगिताको पूर्व चरणमा उनले नेपाली मासुको झोल, सिस्नु, बेथे जस्ता तरकारी, तामा र भाङको चटनी, मकैको रोटी, जस्ता परम्परागत नेपाली खानाहरु पस्किएका थिए।
तर कोदोको खीर लगायतका नेपाली परिकार बनाएपछि मास्टरसेफमा उनको चर्चा चुलिएको थियो ।
अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित बीबीसी मास्टर सेफ प्रतियोगितामा नेपाली खाना लिएर प्रतिस्पर्धा गर्ने सन्तोष नै पहिलो नेपाली सेफ हुन्।

नेपालमा सिराहा घर भएका सन्तोष १४ वर्षको उमेरमै हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेर यस सम्बन्धि अध्ययन र विश्वका प्रतिष्ठित होटल तथा रेस्टुरेन्टहरुमा काम गरेका थिए। सन् २०१० मा बेलायत आएका सन्तोष अहिले यहाँको प्रतिष्ठित रेस्टुरेन्टमा कार्यरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।